१७ बैशाख २०८१, सोमबार | April 29, 2024

भोलिदेखि जोर विजोर प्रणाली हट्ने



काठमाडौं । काठमाडौं उपत्यकामा लागु भएको जोर विजोर प्रणाली शुक्रबारबाट हट्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सरोकारवालाहरुको छलफलले भोलिबाट जोरविजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधि समेतको छलफल पछि उपत्यकाभित्रको जोरविजोर प्रणाली हटाउने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए ।

लामो समयको लकडाउन र निषेधाज्ञापछि सवारी साधान सञ्चालनमा आएपनि जोरविजोर प्रणाली कायम गरिएको थियो । जोर विजोर प्रणालीले सवारी साधनमा चाप बढ्दै गएपनि खुला गरिने भएको हो ।

स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अनिवार्य रुपमा पालना गर्दै उनले आग्रह गरे । सवारी साधनमा देखिएको यात्रुहरुको चापको अवस्थालाई मध्यनजर गर्दै जोर विजोर प्रणाली हटाउने निर्णय भएको उहाँले बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जोर विजोर प्रणाली लागु हुँदा स्वास्थ्य प्रोटोकल पालना गर्न समस्या पर्दै गएकोमा अब त्यो समस्या नहुने बताए । सिटौलालले यातायात मजदुर र यात्रुहरुलाई अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरे ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोरबिजार प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा यसअघि नै गरेका थिए ।

कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ । जोर विजोर प्रणाली हटेपछि सार्वजनिक सवारीमा देखिएको चाप कम हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ४ : ०१ बजे

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार २४९ मतले अगाडी

बझाङ । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा

इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै

इलाम । इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना

आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव