२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रथम प्रचण्ड थैव स्मृति फुटबल प्रतियोगिताको फाईनलमा झरना प्रवेश



बुटवल । प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिता २०७७ मा झरना स्पोर्टिङ क्लब कुन्जलापुर विजयी हुदै फाईनल प्रवेश गरेको छ ।

विहिबार भएको पहिलो सेमीफाईनल खेलमा शिवनगर युवा क्लब, दिपनगरलाई ट्राईबेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।

सिद्धेश्वर खेलमैदानमा भएको खेलको निर्धारित समयमा झरनाका लागि अजय थापाले ८ औ मिनेटमा गोल गर्दै खेलमा अग्रता लिएका थिए तर शिवनगरका सुनिल श्रेष्ठले खेलको १५ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

निर्धारित समयको खेल बराबरी भएपछि ट्राईबेकरमा गएको थियो । ट्राईबेकरमा शिवनगरका सुभाष महतो र सुमन बेल्बासेले बल बाहिर प्रहार गरे ।
खेलमा शिवनगरका किशोर राना म्यान अफ दि म्याचबाट पुरस्कृत भए । शुक्रबार दोस्रो सेमीफाईनलमा आयोजक सौभाग्य युवा क्लब र सिद्धार्थ युवा क्लब, चपरहट्टि बिचमा खेल हुने खेल संयोजक चक्र खड्काले बताए ।

उपाधि विजेताले ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि उपविजेता टिमले नगद २५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसैगरि प्रतियोगितामा विधागत रुपमा ५ जना खेलाडीहरुलाई समेत पुरस्कृत गरिने खेल संयोजक चक्र बहादुर खड्काले बताए ।

यसैबिच स्वर्गिय प्रचण्ड थैव अक्षयकोष निमार्णको लागि खेलप्रेमी भुपेन्द्र क्षेत्री (हरि) ले ५० हजार रुपैयाको घोषणा गरेका छन ।

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ५ : ४७ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय