२ पुस २०८२, बुधबार | December 17, 2025

पेरिसडाँडामा प्रचण्ड-नेपाल पक्षले प्रदेश १ स्तरीय भेला गर्दै



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड एवं माधवकुमार नेपाल समुहबीच चलिरहेको अन्तसंघर्षको नकारात्मक प्रभाव तल्लो कमिटीहरुमा देखिन थालेको छ ।

शिर्ष नेताहरुबीच कतै सहमतिको सुत्र फेला पर्छ कि भनेर केही दिनको अन्तरालमा बैठक बस्ने गरेपनि दुवै समुह आआफ्नो गुट बलियो बनाउन मात्रै लागि परेका छन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रदेश १ स्तरीय भर्चुअल भेला गरेको केही दिनपछि प्रचण्ड–नेपाल पक्षले पनि प्रदेश १ स्तरीय भेला आयोजना गरेको छ ।

काठमाडौंको पेरिसडाँडास्थित जनवर्गीय संगठनको कार्यालयमा दिउँसो १ बजेपछि हुने भेलालाई पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

भेलामा सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कमिटी सदस्यहरु, जिल्ला इन्चार्ज, अध्यक्ष, सचिवहरु सहभागी हुने बताइएको छ । प्रदेशका सबै जिल्लाका प्रतिनिधिहरु उपस्थित हुने सो भेलामा शिर्ष नेताहरुले पार्टीभित्रको पछिल्लो विवादबारे स्पष्ट पार्दै आफ्नो पोजिशन राख्ने बताइएको छ ।

केन्द्रीय तहमा देखिएको अन्तसंघर्षका कारण जिल्लामा खटिएका नेता कार्यकर्ताहरु अन्यौलमा परेका कारण भेला आयोजना गरिएको नेताहरुले बताएका छन् ।

 

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ११ : ३० बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन