१ पुस २०८२, मंगलबार | December 16, 2025

बालुवाटारमै सुरु भयो नेकपा स्थायी कमिटी बैठक, ओलीलाई अनुशासनको कारवाही गर्ने सम्भावना



काठमाडौं । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि अन्यौलग्रस्त भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमै बसिरहेको छ । बैठकमा ओली र उनी निकट नेताहरु भने उपस्थित भएका छैनन् ।

बैठकको अध्यक्षता गर्दै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीबाट भएको संसद विघटनको असंवैधानिक कदमको विरोध गरेका छन् ।

बैठकमा सात जना मन्त्रीहरुले राजीनामा दिएको बारे जानकारी गराइएको थियो । पार्टीको निर्णय विपरित संवैधानिक परिषद अध्यादेश फिर्ता नलिई उल्टै संसद नै विघटन गर्ने ओलीको कार्यप्रति बैठकले खेद व्यक्त गर्ने बुझिएको छ ।

बैठकले पार्टी अध्यक्षबाट अनुशासन उल्लंघन भएको आरोप लगाउँदै उनीमाथि कारवाही गर्ने एक स्थायी कमिटी सदस्यले दाबी गरे ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ५ : १८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज