१५ माघ २०८२, बिहिबार | January 29, 2026

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक युवतीको मृत्यु



गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।

दुर्घटनामा परी जिल्लाको मुसिकोट नगरपालिका-५ की ३१ वर्षीया पार्वती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदारनाथ पन्तले जानकारी दिए ।

मुसिकोट नगरपालिकाको वामिटक्सारबाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु ३ त ११०० नंको ट्याक्टर चिउरी डाँडामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा इस्मा गाउँपालिका-२ का चालक ३२ वर्षीय कृष्ण कुमाल घाइते भएका छन् । उनको गुल्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

ट्याक्टर अनियन्त्रित भई सडकदेखि ७०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ६ : २५ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण