१५ असार २०८३, सोमबार | June 29, 2026

संसद भवनमा ओली विरुद्ध हस्ताक्षर संकलन, निर्वाचन आयोगमा ओलीलाई कारवाहीको पत्र दर्ता



काठमाडौं । आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एवं वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरु संसद भवन वानेश्वरमा भेला भएका छन् ।

संसदको लोत्से हलमा भेला भएका सांसदहरुको हस्ताक्षर संकलन समेत गरिएको छ । प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने निर्णय विरुद्ध प्रतिनिधिसभाका बहुमत सदस्यहरुको हस्ताक्षर संकलन गरिएको हो ।

आइतबार बिहान मात्रै अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपालसहितका ९० जना सांसदहरुले ओली विरुद्ध संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । आज संकलित हस्तक्षरसहित सर्वोच्च अदालतमा रिट दर्ता गर्ने योजना रहेको छ ।

अन्य दलका सांसदहरुको समेत हस्ताक्षर संकलन गरी प्रतिनिधिसभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित अदालतमा रिट बुझाउने तयारी उनीहरुको रहेको छ । यसका लागि आजै काँग्रेसले आयोजना गरेको सर्वदलीय बैठकमा समेत छलफल हुने नेकपाका नेताहरुले बताएका छन् ।

यसैबीच, पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गरेको पत्र नेकपाले निर्वाचन आयोगलाई बुझाएको छ ।

हिजो बसेको पार्टीको स्थायी कमिटीको माइन्युटसहित ओलीलाई कारवाही गरेको पत्र नेता लिलामणि पोखरेल निर्वाचन आयोग पुगरेर आयोगलाई बुझाएका हुन् ।

हिजो स्थायी कमिटी बैठकमा उपस्थित बहुमत सदस्यहरुले ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेका थिए । त्यसको अनुमोदनका लागि भोलि केन्द्रीय कमिटी बैठक बोलाइएको छ । उता, ओली पक्षले भने समूहले भने अध्यक्ष ओलीलाई कसैले कारबाही गर्न नसक्ने बताएको छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ३ : ११ बजे

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६

मनसुनी वायुको प्रभाव कायमै, देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव कायम रहँदा

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि