१ पुस २०८२, मंगलबार | December 16, 2025

संसद भवनमा ओली विरुद्ध हस्ताक्षर संकलन, निर्वाचन आयोगमा ओलीलाई कारवाहीको पत्र दर्ता



काठमाडौं । आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एवं वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरु संसद भवन वानेश्वरमा भेला भएका छन् ।

संसदको लोत्से हलमा भेला भएका सांसदहरुको हस्ताक्षर संकलन समेत गरिएको छ । प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने निर्णय विरुद्ध प्रतिनिधिसभाका बहुमत सदस्यहरुको हस्ताक्षर संकलन गरिएको हो ।

आइतबार बिहान मात्रै अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपालसहितका ९० जना सांसदहरुले ओली विरुद्ध संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । आज संकलित हस्तक्षरसहित सर्वोच्च अदालतमा रिट दर्ता गर्ने योजना रहेको छ ।

अन्य दलका सांसदहरुको समेत हस्ताक्षर संकलन गरी प्रतिनिधिसभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित अदालतमा रिट बुझाउने तयारी उनीहरुको रहेको छ । यसका लागि आजै काँग्रेसले आयोजना गरेको सर्वदलीय बैठकमा समेत छलफल हुने नेकपाका नेताहरुले बताएका छन् ।

यसैबीच, पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गरेको पत्र नेकपाले निर्वाचन आयोगलाई बुझाएको छ ।

हिजो बसेको पार्टीको स्थायी कमिटीको माइन्युटसहित ओलीलाई कारवाही गरेको पत्र नेता लिलामणि पोखरेल निर्वाचन आयोग पुगरेर आयोगलाई बुझाएका हुन् ।

हिजो स्थायी कमिटी बैठकमा उपस्थित बहुमत सदस्यहरुले ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेका थिए । त्यसको अनुमोदनका लागि भोलि केन्द्रीय कमिटी बैठक बोलाइएको छ । उता, ओली पक्षले भने समूहले भने अध्यक्ष ओलीलाई कसैले कारबाही गर्न नसक्ने बताएको छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ३ : ११ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज