१ पुस २०८२, मंगलबार | December 16, 2025

वामदेव फकाउन माधव, झलनाथ र नारायकाजी भैंसेपाटीमा



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी विवादमा पछिल्लो केही दिन यता तटस्थ जस्तै देखिएका उपाध्यक्ष वामदेव गौतमलाई नेकपाका वरिष्ठ नेताहरु उनको निवास पुगेर भेटेका छन् ।

गौतमलाई भेट्न वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ गौतम निवास भैंसेपाटी पुगेका थिए ।  आफ्नो पक्षका केन्द्रीय कमिटी सदस्यहरुको बैठक बस्नु अघि नेताहरुले गौतमलाई विश्वामा लिन र बैठकमा उपस्थिति गराउन प्रयासस्वरुप उनलाई भेट गरेका हुन् ।

तर, गौतमले नेताहरुलाई कुनै बैठकमा सहभागी नहुने बताएका छन् । उनले आफुलाई दुई चार दिन सोच्न समय चाहिएको बताएका थिए ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोध गरेका तर पार्टी विभाजनको तयारी स्वरुप बस्ने कुनै गुट बैठकमा सहभागी नहुने बताउँदै आएका छन् ।

यसअघि गौतम प्रचण्ड–नेपाल समुहमा खुलेर लागेका थिए । तर, गत शनिबार प्रधानमन्त्री ओलीले प्रचण्ड निवासमा प्रधानमन्त्रीमा वामदेव कार्ड फ्याँकेपछि गौतम तरङ्गित बनेको बुझिएको छ । गौतमकै उपस्थितिमा ओलीले प्रचण्डलाई प्रधानमन्त्रीमा वामदेव बनाउँ भनेर प्रस्ताव गरेपछि गौतमले तत्कालै प्रचण्डलाई आफ्नो प्रस्ताव स्थायी कमिटीबाट फिर्ता लिन आग्रह गरेका थिए । तर प्रचण्डले गौतमलाई प्रधानमन्त्री बनाउन प्रतिनिधिसभाको उपनिर्वाचन गर्नुपर्ने या संविधान संशोधन गर्नुपर्ने भन्दै त्यसमा प्रतिवद्धता जनाउन ओलीलाई आग्रह गरेका थिए ।

गौतम सोही दिनबाट अलि बढी तरङ्गित भएको प्रचण्ड निकट नेताहरुले विश्लेषण गर्न थालेका छन् ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  १२ : ३७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज