२३ बैशाख २०८१, आइतबार | May 5, 2024

नेकपा ओली समुहको निर्णय : २०७८ मंसिरमा महाधिवेशन, पार्टी प्रवक्तामा प्रदीप ज्ञवाली



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली सुमहले आगामी वर्षको मंसिरमा महाधिवेशन आयोजना गर्ने भएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ साल मंसिर २ गतेदेखि ७ गतेसम्म महाधिवेशन आयोजना गर्ने प्रस्ताव आफ्नो समुहका केन्द्रीय सदस्यहरुको बैठकमा राखेका छन् ।

ओली समुहले महाधिवेशन आयोजना गर्न ११ सय ९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ ।

बैठकले ओली समुहको प्रवक्ता प्रदीप ज्ञवालीलाई बनाएको । नेकपाको प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर ज्ञवालीलाई प्रवक्ता बनाउने निर्णय भएको सो समुहका एक नेताले बताएका छन् । ज्ञवाली परराष्ट्रमन्त्री समेत हुन् ।

ओली समुहको बैठकले दुई दिनभित्रै सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । भेलाका लागि केन्द्रीय नेताहरु खटाइएको छ । जसअनुसार पूर्व माओवादी नेता टोपबहादुर रायमाझीलाई गण्डकी प्रदेशमा तोकिएको छ ।

पूर्व माओवादी नेता लेखराज भट्टसहित प्रदीप ज्ञवालीलाई सुदुरपश्चिमा खटाइएको छ भने कर्णालीमा शंकर पोखरेल र यामलाल कँडेल खटिएका छन् । प्रदेश २ मा सुमन प्याकुरेल जाने भएका छन् भने बागमत प्रदेशमा आनन्द पोखरेलले भेलाको संयोजन गर्ने भएका छन् ।

 

 

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  १२ : ५१ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ