१ पुस २०८२, मंगलबार | December 16, 2025

नेकपा प्रचण्ड–नेपाल समुहको केन्द्रीय कमिटी बैठक बस्दै



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समुहको केन्द्रीय कमिटी बैठक बस्दैछ ।

काठमाडौंको बबरमहलस्थित एक पार्टी प्यालेसमा हुने बैठकमा सहभागी बन्न केन्द्रीय सदस्यहरु पुग्ने क्रम जारी छ ।

नेकपाका वैधानिक ४४१ सदस्यीय केन्द्रीय कमिटीमा ६५ प्रतिशत बढी केन्द्रीय सदस्यहरु प्रचण्ड–नेपाल समुहका रहेका छन् ।

केन्द्रीय कमिटी बैठक बस्नुअघि एजेण्डा तय गर्न स्थायी कमिटीका सदस्यहरुबीच छलफल भएको छ । यसअघि गत आइतबार बसेको सो समुह निकट स्थायी कमिटी सदस्यहरुको बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको थियो । सो निर्णय आजको केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गर्ने मुख्य एजेण्डा रहेको छ । बैठकले ओलीलाई कारवाही गरेर सो ठाउँमा वरिष्ठ नेता माधवकुमार नेपाललाई चयन गर्ने सम्भावना रहेको छ ।

यसअघि नेकपाको ओली पक्षले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सम्पन्न गरेको छ । सो समुहले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ भने पार्टीको प्रवक्तामा नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई नियुक्त गरेको छ ।

 

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  १ : ३६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज