१० चैत्र २०८२, मंगलबार | March 24, 2026

नेकपा प्रचण्ड–नेपाल समुहको केन्द्रीय कमिटी बैठक सुरु



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समुहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

बैठक काठमाडौंको बबरमहलस्थित एक पार्टी प्यालेसमा सुरु भएको हो ।

नेकपाका वैधानिक ४४१ सदस्यीय केन्द्रीय कमिटीमा ६५ प्रतिशत बढी केन्द्रीय सदस्यहरु प्रचण्ड–नेपाल समुहका रहेका छन् ।

केन्द्रीय कमिटी बैठक बस्नुअघि एजेण्डा तय गर्न स्थायी कमिटीका सदस्यहरुबीच छलफल भएको थियो । यसअघि गत आइतबार बसेको सो समुह निकट स्थायी कमिटी सदस्यहरुको बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको थियो । सो निर्णय आजको केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गर्ने मुख्य एजेण्डा रहेको छ । बैठकले ओलीलाई कारवाही गरेर सो ठाउँमा वरिष्ठ नेता माधवकुमार नेपाललाई चयन गर्ने छ ।

यसअघि नेकपाको ओली पक्षले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सम्पन्न गरिसकेको छ ।

सो समुहले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ भने पार्टीको प्रवक्तामा नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई नियुक्त गरेको छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  १ : ५८ बजे

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा जापानी कस्मेटीक उत्पादक होमाबीच जापानी