२४ बैशाख २०८१, सोमबार | May 7, 2024

कोरोना संक्रमणबाट सुर्खेतमा एक महिलाको मृत्यु



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा उपचाररत थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा चिङ्गाड गाउँपालिका-५, निवासी ७३ वर्षीय महिलाको मृत्यु भएको हो ।

उनको बुधबार राति साढे १० बजे बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

अधिकृत कँडेलका अनुसार शरीर सुन्निएको र श्वासप्रश्वासमा मस्या भएपछि पुस ६ गते बेलुका प्रदेश अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । उनको सोही दिन नै प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतबाट पीसीआर परिक्षण गर्दा कोरोना भाइरस (कोभिड-१९ं) संक्रमण पुष्टि भएको थियो ।

त्यसलगत्तै उनलाई प्रदेश अस्पतालको कोभिड उपचार कक्षमा भर्ना गरिएको थियो । प्रोटोकल अनुसारका सबै उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभइ उपचारकै क्रममा मृत्यु भएको महाशाखाले जनाएको छ ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या २४ पुगेको जनस्वास्थ्य शाखा प्रमुख कँडेलले जानकारी दिए ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ३ : ३६ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,