५ असार २०८३, शुक्रबार | June 19, 2026

सरकारद्वारा राष्ट्रिय सभा बैठक आह्वानका लागि सिफारिस



काठमाडौं । सरकारले राष्ट्रिय सभाको बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

शुक्रबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको बैठक यहि पुस १७ गते बोलाउन सिफारिस गरेको कृषि मन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

प्रतिनिधिसभा विघटन गरेको सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो । संविधान अनुसार एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचको अवधि ६ महिनाभन्दा बढी हुने छैन ।

प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीका लागि राष्ट्रिय सभाको बैठक आह्वान गर्नुको विकल्प थिएन । संविधानअनुसार राष्ट्रिय सभा संघीय संसदको कहिल्यै भंग हुन नसक्ने माथिल्लो सदन हो ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ६ : ५४ बजे

कक्षा १२ मा ज्ञानोदय माध्यमिक विद्यालय खजुराबाट ८७.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय माध्यमिक विद्यालयले आज सार्वजनिक

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौं । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा

मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र

संवैधानिक निकायमाथि हस्तक्षेप गरेर मुलुकमा ‘जङ्गलराज’ स्थापित गर्न खोजियो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सिंहदरबारभित्र कुनै ‘अदृश्य गिरोह’ सक्रिय रहेको