१५ असार २०८३, सोमबार | June 29, 2026

नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउन संसद विघटन गराइयो : देव गुरुङ



पोखरा । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षका नेता देव गुरुङले नेपालमा चीनलाई घेर्न विदेशी सेनाको क्रिडास्थल बनाउने उद्देश्यले संसद विघटन गराइएको दाबी गरेका छन् ।

पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेता गुरुङले चीनलाई घेरवन्दी गर्न नेपाललाई आधारस्थल बनाउने उद्देश्यले रणनीतिक उद्देश्यका साथ संसद विघटन गरिएको दाबी गरे ।

गुरुङले नेपालको विदेशी शक्तिकेन्द्रको टकरावले नेपाललाई फौजी खेलमैदान बनाउने दाबी गर्दै त्यो चीन लक्षित भएको टिप्पणी गरे । तिब्बतलाई टुक्र्याउनकै लागि नेपाललाई सैन्य आधार क्षेत्र बनाउने रणनीति संसद विघटनमा अन्तरनिहित रहेको उनको दाबी छ ।

नेता गुरुङले मुलुक फासिवादी दिशातिर उन्मुख भएको जिकिर गरे । उनले प्रधानमन्त्रीको सर्वसत्तावादी एकाधिकारवादी फाँसीवादी चिन्तनकै कारण विदेशीले खेल्ने मौका पाएको जिकिर गरे । विदेशी शक्तिकेन्द्रलाई फुटाउ र शासन गरको रणनीति पुरा गर्नका लागि ओलीको कदम ढुंगा खोज्दा देउता मिलेजस्तो भएको गुरुङको भनाइ छ ।

‘संसद रहँदासम्म विदेशी सेना मार्चपास गर्न नसक्ने हुनाले संसद भंग गराउन अनिवार्य थियो । यही काम ओली सरकारले गर्यो’, गुरुङले दाबी गरे । साम्राज्यवादी शक्तिको डिजाइन अनुसार संसद भत्काउने र सैन्य हस्तक्षेपको ग्राउण्ड तयार गर्ने काम ओलीले गरेको उनले आरोप लगाए । ‘नेपालमा सैन्य आधार क्षेत्र बनाउन बाधा पुर्‍याउने देशभक्त गणतन्त्रवादी कम्युनिस्ट पार्टी भत्काउन जरुरी थियो । त्यसैकारण पार्टी विघटन र विसर्जनको दिशातिर पुग्यो ।’, गुरुङले विश्लेषण गरे ।

नेता गुरुङले नेपालमा चिनियाँ हस्तक्षेप नभएको बताए । चीनले नेपालको राष्ट्रिय स्वाधिनता प्रतिकूल हुने गरी अहिलेसम्म कुनै पनि परिघटना नघटाएको उनको भनाइ थियो । चीनबाट नेपालको राष्ट्रिय स्वाधिनतामाथि कुनै पनि प्रकारको हस्तक्षेप नभएको बताउँदै गुरुङले नेपाल र चीनबीचको दौत्यसम्बनध आदर्शको रुपमा रहेको बताए ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  १ : ३१ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै