१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

नेपाल प्रहरीका ९ जना एसएसपी डीआईजीका लागि बढुवा सिफारिसमा



काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ ।

गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले नौं एसएसपीहरुको बढुवा सिफारिस गरेको हो ।

सिफारिस समितिबाट छनौट भएका एसएसपीहरुमा गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, देवबहादुर बोहोरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य छन् ।

मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीमा ५ जना डीआईजीको दरबन्दी थपेपछि नौंजना पुगेको हो । यसअघि ४ जना डिआइजीको पद रिक्त थियो । रिक्त र थपिएको गरी ९ जना बढुवा सिफारिसमा परेका हुन् ।

समितिको बैठकले २०४९ चैत्र र वैसाखमा सेवा सुरु गरेका एसएसपीलाई बढुवाका लागि सिफारिस गरेको हो।

बढुवा सिफारिसमा परेकामध्ये ७ जना आईजीपी शैलेश थापाकै ब्याची हुन् भने एआईजी विश्वराज पोख्रेलको ब्याचबाट दुई जनालाई मात्रै बढुवा गरिएको छ। दिवेश लोहनी र मुकुन्दराज आचार्य मात्रै पोख्रेलका ब्याची हुन्।

बढुवा सिफारिस गरिएकामध्ये दिवेश लोहनी र मुकुन्द आचार्य २०४९ साल चैत ११ गते र बाँकी ७ जना २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । सिफारिस गरिएका सबै अधिकृतहरु एउटै विज्ञापनबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2020/12/digp-promotion-2077-09-13.pdf”]

 

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ६ : ०६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले