७ चैत्र २०८२, शनिबार | March 21, 2026

आर्थिक समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यकः उद्योगी व्यवसायी



रुपन्देही । आर्थिक समृद्धि र व्यावसायिक विकासका लागि मुलुकमा राजनीतिक स्थायित्व जरुरी रहेको उद्योगी व्यवसायीले बताएका छन् ।

रुपन्देही व्यापार सङ्घको १९औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा व्यवसायीहरुले पछिल्लो समय मुलुकमा देखिएको राजनीतिक अस्थिरताका कारण आर्थिक क्षेत्र नराम्ररी प्रभावित हुन सक्नेतर्फ सम्बेदनशील हुन सम्बन्धीत सबै पक्षलाई गरे ।

उनीहरुले राजनीतिक आन्दोलनपछि देश स्थिरतातर्फ अगाडि बढेको अवस्थामा पछिल्ला दिनहरुमा केही असहजताको स्थिति देखापरेकोप्रति चिन्ता व्यक्त गर्दै व्यवसायीहरु सधैँ राजनीतिक स्थिरताको पक्षमा रहेको स्पष्ट पारे । उनीहरुले आर्थिक समृद्धिको दिशामा अगाडि बढ्न र आफ्नो राजनीतिक स्वार्थभन्दा देशको आर्थिक समृद्धिलाई माथि राख्नसमेत सबै राजनीतिक दललाई आग्रह गरे ।

यसरी आग्रह गर्नेहरुमा रुपन्देही व्यापार सङ्घका पूर्वअध्यक्ष मोतिलाल पाण्डे, श्रीकृष्ण पोखरेल, टङ्कप्रसाद पोखरेल, निर्वतमान अध्यक्ष पदमप्रसाद श्रेष्ठ, सङ्घका सल्लाहकार एवं लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई, तिलोत्तमा व्यापार सङ्घका अध्यक्ष जेपी कँडेल, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, बुटवल उद्योग वाणिज्य सङ्घका वाणिज्य उपाध्यक्ष उज्ज्वल कसजु र रुपन्देही उद्योग सङ्घका अध्यक्ष बाबुराम बोहराल गायतका छन् ।

सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्योगी र उपभोक्ताका बीचमा बसेर पुलका रुपमा काम गर्ने व्यापारी वर्गको आर्थिक विकासमा धेरै महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकासमा प्रभावकारी भूमिका निर्वाह गर्न उद्योगी व्यवसायीहरुलार्य आग्रह गरे।

नगरप्रमुख सुवेदीले कोभिडको पीडाबीच व्यापारी तथा सर्वसाधारण जनताले देखाएको धैर्यतालाई कसैले पनि नजरअन्दाज गर्न नसक्ने उल्लेख गर्दै कुनै पनि राजनीतिक विवादले राज्यका नीति कार्यान्वयन गर्न बाधा नआउने विश्वास व्यक्त गरे ।

सङ्घका अध्यक्ष यमलाल लोहनीले कोभिड–१९ को महामारीका कारण व्यवसाय क्षेत्रमा निक्कै ठूलो आर्थिक क्षति भएको उल्लेख गर्दै साना व्यवसाय गर्ने व्यवसायी तथा मजदूरी गरी खानेहरु बढी प्रभावित भएको बताए ।

प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले व्यवसायीहरुका लागि राज्य सधैं सहयोगीको भूमिकामा रहने उल्लेख गर्दै जनताको आवश्यकता र चाहनालाई सबैले आत्मसात् गर्नुपर्ने विचार व्यक्त गरे ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ८ : ५६ बजे

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान