२० बैशाख २०८३, आइतबार | May 3, 2026

नयाँ प्रकारको कोरोना भाइरस फैलिन थालेपछि इन्डोनेसियाका नाका फेरि बन्द गर्ने घोषणा



एजेन्सी । नयाँ प्रकारको कोरोना भाइरस फैलिन थालेपछि इन्डोनेसियाले फेरि नाका बन्दको घोषणा गरेको छ ।

नाकाहरूलाई अस्थायीरूपमा बन्द गर्ने यो निर्णय जनवरी १ देखि १४ सम्म लागु हुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । विभिन्न देशमा नयाँ प्रकारको कोरोना भाइरस फैलिन थालेपछि इन्डोनेसियाले फेरि नाकाहरू बन्द गर्न लागेको हो ।

मन्त्रीपरिषद्को बैठकपछि सोमबार आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्री रेत्नो मर्सुदीले विदेशबाट आउनेहरूलाई स्वदेश प्रवेशका लागि निषेध गर्न लागिएको जानकारी दिए ।

विदेशका मन्त्री वा सोभन्दा उच्च ओहोदाका व्यक्तिलाई भने कडा मापदण्ड पालना गरेर मात्र आउने व्यवस्था गर्न सकिने उनले स्पष्ट पारे । सोमबारदेखि यही डिसेम्बर ३१ तारिखसम्म इन्डोनेसिया आउन लागेकाहरूलाई कोरोना सङ्क्रमण नभएको रिपोर्ट देखाएर आउन पाउने व्यवस्था गरिएको छ ।

सो रिपोर्ट भने पछिल्लो ४८ घण्टाभन्दा पहिलाको हुनु पर्ने पनि सर्त राखिएको छ ।

सङ्क्रमणमुक्त रहेको रिपोर्ट देखाउन नसक्नेलाई प्रवेश गर्न नदिन सरकारी अधिकारीहरूलाई कडा निर्देशनसमेत भएको छ ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ८ : २१ बजे

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, नविकरण नगरे जिम्मेवारीबाट मुक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ । सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी

कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका वाग्मती र त्यसका सहायक नदी तथा

धोबीखोलाको साततले घर डोजरले कोपरेर मात्र छोडियो

काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमाथि डोजर चलाइरहेका

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज नेपाल पत्रकार