२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

पैसा कमाउने उपाय उपभोक्ता समिति या जागिर मात्र होइन: मुख्यमन्त्री शाही



कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले श्रमभित्र आम्दानी रहेको भन्दै श्रम गर्न सबैलाई आह्वान गरेका छन् । आम्दानी गर्न र गरिबी हटाउन श्रम गर्नुपर्नेमा जोड् दिँदै मुख्यमन्त्री शाहील पैसा कमाउने उपाय उपभोक्ता समिति या जागिर मात्र हो भन्ने धारणा त्यागेर आफूसंग भएको जमीन र सीपको सदुपयोग गरे मात्र गरिबी उन्मूलन हुन सक्ने बताए ।

‘कर्णालीमा व्यवसायिकता विकास तथा समृद्धि’ विषयक प्रदेशस्तरीय छलफलमा बोल्दै उनले गरिबी अन्त्य गर्ने निर्णय गरि कार्यान्वयन गर्न सक्ने क्षमता स्थानीय जनतामा रहेको बताए । सरकारले लगानीकर्ता भित्र्याउन सहयोग गर्नुपर्नेमा समेत उनले जोड् दिए ।

‘फुलका माला भारतबाट आयो, हामीले पैँसा पनि भारततिरै पठायौँ ।’ मुख्यमन्त्री शाहीले भने– ‘पैसा भारत पठाउने अनि गरिबी हटाउने कुरा गर्ने? हाम्रा पुर्खाहरु भोका थिएनन्, नांगा थिएनन्, तर अहिले हामी झनझन गरिब हुँदै गएका छौं ।’ पुँजीबादी व्यवस्थाले असिमित आवश्यकता भित्र्याएको औँल्याउँदै उनले ती सबै माग पूरा गर्न नसकिने बताए ।

यस्तै, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले विभिन्न कोषहरुले सञ्चालन गरेका कार्यक्रमहरुको समिक्षा गर्न जरुरी रहेको बताए । गरिबी निवारणका लागि भएका कार्यक्रमहरुलाई स्थानीय सरकारले नै हेर्नुपर्नेमा उनले जोड् दिए । उनले योजना तथा कार्यक्रम बनाउँदा गरिबसम्म पुगे÷नपुगेको विषयमा ख्याल गर्न पनि स्थानीय तहहरुलाई निर्देशन दिए ।

शनिवार सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशका स्थानीय तहका प्रमुख-उपप्रमुखलगायत अन्य सरोकारवाला निकाय संग व्यावसायिकता विकासका विषयमा छलफल गरिएको छ । छलफलमा सहभागी सरोकारवालाहरुले गरिबी निवारण गर्नका लागि आर्थिक समानता कायम गर्नुपर्नेमा जोड् दिएका छन् । ९९ प्रतिशत मानिसको सम्पत्ति १ जनाले ओगटेको अहिलेको अवस्थालाई अन्त्य गर्दै आर्थिक समानता कायम गर्न सकेमा गरिबी अन्त्य हुने उनीहरुको भनाई छ ।

कर्णाली प्रदेशमा कुल जनसंख्याको ५१ प्रतिशत गरिबीको रेखामुनी रहेको तथ्याङ्क छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार  ६ : २० बजे

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि

वीरगञ्जमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार

काठमाडौ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन

बुटवलमा प्रभावकारी बन्यो बा आमासँग नगरप्रमुख कार्यक्रम

बुटवल । बुटवल उपमहानगरपालिकामा बा आमासँग नगरप्रमुख स्वास्थ्य परिक्षण तथा

उन्नाइस जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई घरदैलोमै पुर्याउने उद्देश्यसहित सुरु