३१ भदौ २०८३, बुधबार | September 16, 2026

पर्वहरुले समाजमा सद्‍भाव बढाउँदै आएका छन : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तमु (गुरुङ) जातिको पर्व ‘तमु ल्होसार’, किराँतको उधौली पर्व, ज्यापु समुदायको चाड योमरी पुन्हि (ज्यापु दिवस) र धान्य पूर्णिमाका अवसरमा सबैमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

उनले एक शुभकामना सन्देशमार्फत सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिको आ-आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको उल्लेख गरेका छन् ।

सभापति देउवाले सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान रहेको र यी पर्वले नेपाली समाजमा सद्‍भावना बढाउँदै आएको बताएका छन् ।

यी पर्वले मुलुकमा शान्ति, सद्‍भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास लिँदै उनले यी महत्त्वपूर्ण पर्वहरुका अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ७ : २४ बजे

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, महत्वपूर्ण कागजात जलेर नष्ट

काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा बुधबार बिहान आगलागी भएको

प्रसूति बिदा छ महिना दिने प्रस्तावसहितको विधेयक

काठमाडौं । सरकारले आमालाई कम्तीमा छ महिना तलबसहितको प्रसूति बिदा

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला