२० बैशाख २०८३, आइतबार | May 3, 2026

संविधानको पूर्ण पालन र संरक्षण अनिवार्य : उपराष्ट्रपति पुन



काठमाडाैं । उपराष्ट्रपति नन्दबहादुर पुनले देशमा विकसित पछिल्ला राजनीतिक तथा संवैधानिक घटनाक्रमले जनतामा नैराश्य छाएको बताएका छन । उनले जनतामा नैराश्यता आउनु देशका लागि दुःखद् कुरा भएकाे उल्लेख गरेका छन ।

तमु (गुरुङ) समुदायको चाड तमु ल्होछार/ल्होसार २०७७ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति पुनले गणतन्त्र, सङ्‍घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्णपालन र संरक्षण अनिवार्य रहेको बताएका छन ।

उनले संविधानको मर्म र भावनाको सम्मान गर्दै त्यसको पूर्णपालन, संरक्षण, राजनीतिक स्थायित्व र देश विकासका लागि जनतामा नयाँ आशा जगाउन सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने र उपलब्धिको रक्षार्थ जनताले पनि सचेततापूर्वक आफ्नो दायित्व पूरा गर्नुपर्ने उल्लेख गरेका छन ।

सन्देशमा भनिएको छ, “नेपाली जनताले सात दशक लामो सङ्‍घर्षपछि प्राप्त गणतन्त्र, सङ्‍घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालाई नयाँ संविधानले संस्थागत गरेपछि राजनीतिक स्थायित्व हासिल भएको र देश विकास, समृद्धिको मार्गमा द्रूत गतिमा अगाडि बढ्नेमा पूर्ण विश्वस्त छौँ ।”

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त हाम्रो देश धर्मनिरपेक्ष राष्ट्र रहेको स्मरण गर्दै उनले अनेकौँ संस्कृति, सम्पदा, सभ्यता र समुदायको सुन्दर, सप्तरङ्‍गी सम्मिश्रण एवं साझा सङ्‍गमको रुपमा रहिआएको नेपाल सामाजिक सद्भाव र सौहार्दताका लागि संसारभर सुपरिचित रहेको उल्लेख गरेका छन ।

नेपालका सबै समुदायका आ-आफ्नै मौलिक पहिचानसहितका भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवं सांस्कृतिक चाडपर्व रहेको र विभिन्न समुदायमा मौलिकताका साथ मनाइने चाडपर्व नेपालीको साझा चाडपर्व भएको उनको भनाइ छ ।

पुराना वर्ग (वर्ष)को विदाइ र नयाँ वर्गलाई स्वागत गर्दै तमु (गुरुङ) समुदायले मनाउने तमु ल्होछार/ल्होसार पनि फराकिलो हुँदै आमनेपालीको पर्वको रुपमा स्थापित हुँदै गएको उपराष्ट्रपतिले सन्देशमा उल्लेख गरेका छन ।

मुसा वर्गको बिदाइ र गाई वर्गको स्वागत गर्दै मनाइने यो वर्षको ल्होछार/ल्होसार विश्वव्यापी महामारी कोभिड-१९ का कारण विगत वर्षजस्तो हर्षोल्लासका साथ सामूहिक रुपमा मनाउन सम्भव नभए पनि देश तथा विदेशमा रहनुभएका सम्पूर्ण तमु दिदीबहिनी तथा दाजुभाइले घरघरमा ल्होछार/ल्होसार मनाउने विश्वास उपराष्ट्रपतिको छ ।

उनले तमु ल्होछार/ल्होसारले संविधानको पालन, राजनीतिक स्थायित्व र मुलुकको समृद्धिका लागि सबैलाई प्रेरणा देओस् भन्दै शुभकामना व्यक्त गरेका छन ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ७ : २६ बजे

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, नविकरण नगरे जिम्मेवारीबाट मुक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ । सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी

कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका वाग्मती र त्यसका सहायक नदी तथा

धोबीखोलाको साततले घर डोजरले कोपरेर मात्र छोडियो

काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमाथि डोजर चलाइरहेका

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज नेपाल पत्रकार