२० बैशाख २०८३, आइतबार | May 3, 2026

रुपन्देहीका ३ खेलाडीलाई लनटेनिसमा पदक



बुटवल । काठमाडौंमा जारी छैटौ नेपाल जुनियर खुल्ला टेनिस प्रतियोगिता २०२० मा रुपन्देहीका ३ जना खेलाडीहरुले पदक हात पारेका छन ।

काठमाडौं सातदोबाटोस्थित लनटेनिस कोर्टमा भएको प्रतियोगितामा १० वर्ष उमेर समुहमा रुपन्देहीका वृजेश अर्यालले स्वर्ण पदक, निश्चल ज्ञवालीले आठ वर्षमुनि र संघर्ष फौदारले ९ वर्षमुनिको उमेर समुहमा कास्य पदक जितेका छन ।

एक समारोहका बिच नेपाल लनटेनिस संघका केन्द्रीय अध्यक्ष ज्योति राणा, जेटिआई नेपालका संयोजक कृष्णराज घलेले विजेता, उपविजेता खेलाडीहरुलाई मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरेका थिए ।

प्रतियोगिता ८ देखि १४ उमेर समुहमा गरि ७ ईभेन्टमा खेल खेलाईएको संयोजक गौरिशंकर श्रेष्ठले बताए ।

पुस १२ गतेदेखि ४ दिनसम्म संचालन भएको खेलमा काठमाण्डौ, पोखरा र रुपन्देहीका एक सय खेलाडीहरु भाग लिएका थिए ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ६ : ०५ बजे

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको

सरकारले उद्योगी-व्यवसायीलाई दुःख दिँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई

सिद्धबाबा मन्दिर विकास समितिको अध्यक्षमा अरविन्द पाण्डेय चयन

बुटवल । सिद्धबाबा मन्दिर विकास समिति तिनाउ-३, दोभान पाल्पाको अध्यक्षमा

सुकुम्बासी बस्ती हटाउने कदमप्रति दयाहाङ राईको असन्तुष्टि

काठमाडौं । सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति जनआक्रोश बढ्दै गएको