२० बैशाख २०८३, आइतबार | May 3, 2026

अस्पताल बनाउने ठाउँको टुङ्गो मतदानबाट



बेनी । अस्पताल बनाउने स्थानका बिषयमा विवाद भएपछि गत मंसिर १५ मा शिलान्यास हुन नसकेको म्याग्दीको रघुगङ्गा गाउँपालिकामा बन्ने अस्पतालको विवाद मतदानको माध्यमबाट समाधान गरिएको छ । गाँउपालिकाको बेग र मौवाफँट मध्य कुन स्थानमा अस्पताल बनाउने भन्ने बिषयमा विवाद हुँदा सरकारले देशैभर शिलान्यास गरेको मंसिर १५ मा रघुगङ्गा गाँउपालिकामा कार्यक्रम स्थगित भएको थियो । पालिकाको गाउँसभामा मतदानको माध्यमबाट अस्पताल बनाउने ठाउँ छनोट गरेको छ।

गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार सम्पन्न नवौँ गाउँसभाले बहुमतको आधारमा वडा नं १ बेगको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेर १० शय्या क्षमताको अस्पताल बनाउने निर्णय गरेको हो।

मौवाफाँट, पिप्ले र बेगमध्ये कहाँ अस्पताल बनाउने भन्ने विषयमा जनप्रतिधिबीच सहमति जुट्न नसकेपछि निर्णयका लागि गाउँसभामा मतदान गराइएको थियो। गाउँसभा सुरु भएको ७ दिनपछि मतदान प्रक्रियाबाट बेगखोलामै अस्पताल बनाउने निर्णय भएपछि अस्पतालको विवाद टुंगिएको छ ।

बिहिबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित सभामा ४२ जना सदस्य कायम रहेको गाउँसभामा उपस्थित ३५ जनाले गरेको मतदानमा बेगखोलाको पक्षमा २६ मत र मौवाफाँटमा ४ मत परेको थियो । गाउँपालिकाले अस्पतालको विषयमा सुरुवात देखि नै गरेको निर्णयको प्रक्रियामा असहमति जनाउँदै पिप्लेका वडा अध्यक्ष जिवनकुमार मल्ल, वडा सदस्य सम्झना परियार, पबनकुमार मल्लले नोट अफ डिसेन्ट लेखेका छन् ।

त्यस्तै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र उपाध्यक्ष कमला तिलिजाले मतदान प्रक्रियामा सहभागिता जनाएनन् । पटकपटकको प्रयासमा सहमति जुट्न नसकेपछि ठाउँ छनोट गरेर अस्पताल बनाउने वैधानिक बाटो खुलाउन बोलाइएको रघुगङ्गाको गाउँसभाले मतदानको माध्यमबाट समस्या सुल्झाएको हो । स्थानीय र जिल्लास्तरमा महत्वका साथ हेरिएको रघुगङ्गाको अस्पताल निर्माणको स्थानका बिषयमा निर्णय हुन नसकेपछि अन्योल सिर्जना भएपछि अन्तिम विकल्प मतदानमा जानुपरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए । ‘गाउँसभाको निर्णय केन्द्रमा पठाउँछौ, अव अस्पतालको काम अगाडी बढ्छ’ उनले भने ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेढ वर्षअघि एक स्थानीय तह एक अस्पताल कार्यक्रमअन्तर्गत रघुगङ्गा–१ बेगलाई छनोट गरेको थियो ।

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र उपाध्यक्ष कमला तिलिजाले मत जाहेर गर्न नपरेको बताइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेढ वर्षअघि एक स्थानीय तह एक अस्पताल कार्यक्रमअन्तर्गत रघुगङ्गा–१ बेगलाई छनोट गरेको थियो।

विसं २०७७ कात्तिक २० गतेको कार्यपालिका बैठकले सबै पालिकावासीलाई सेवा लिन पायक पर्ने र सहज हुने भएकाले पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै गाउँपालिकाको केन्द्रमा व्यवस्थापन गरेको जग्गामा १० शय्या क्षमताको अस्पताल बनाउने निर्णय गरेको थियो।

मौवाफाँटमा अस्पताल बनाउने आशयले निर्णय गरिए पनि स्वास्थ्य मन्त्रालयले पछिल्लोपटक अस्पतालमा स्तरोन्नति हुने स्वास्थ्यचौकीको सूचीमा पिप्ले स्वास्थ्यचौकीलाई राखेको थियो।

 

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  ८ : १३ बजे

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको

सरकारले उद्योगी-व्यवसायीलाई दुःख दिँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई

सिद्धबाबा मन्दिर विकास समितिको अध्यक्षमा अरविन्द पाण्डेय चयन

बुटवल । सिद्धबाबा मन्दिर विकास समिति तिनाउ-३, दोभान पाल्पाको अध्यक्षमा

सुकुम्बासी बस्ती हटाउने कदमप्रति दयाहाङ राईको असन्तुष्टि

काठमाडौं । सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति जनआक्रोश बढ्दै गएको