१० श्रावण २०८३, आइतबार | July 26, 2026

ओलीलाई दुई तिहाई बढी मत, यस्तो छ अंकगणित



काठमाडौं–संघीय संसदको बैठक आइतबार दिउँसो १ बजेको लागि बोलाइएको छ ।

उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विश्वासको मत लिनेसम्बन्धी कार्यसूची तय गरिएको छ ।

ओलीलाई संघीय समाजवादी फोरम र राजपा नेपालले समेत समर्थन गर्ने तयारी गरेका छन् ।

यी दुई दलको समेत समर्थन रहँदा ओलीको पक्षमा दुई तिहाई बढी मत हुने छ ।

संघीय समाजवादी फोरमले संसद बैठकअघि आइतबार मध्यान्ह संसदीय दलको बैठक बोलाएको छ ।

उक्त बैठकले ओली सरकारलाई विश्वासको मत दिनेबारेमा निर्णय लिने सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

फोरमले यसअघि नै ओली सरकारमा सहभागि हुने निर्णय लिइसकेको हुनाले स्वाभाविक रुपमा ओली सरकारलाई विश्वासको मत दिने निर्णय लिने एक नेताले जानकारी दिए ।

यस्तै आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदा आफूहरुले पक्षमा मतदान गर्ने राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।

तथ्यांक केलाउँदा ओली नेतृत्वको सरकारको पक्षमा प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये कम्तीमा २०९ सांसदको समर्थन देखिएको छ ।

जवकी दुईतिहाइका लागि १ सय ८२ मत आवश्यक पर्छ ।

तर, संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको अहिलेसम्मको निर्णयका आधारमा ओली सरकारको पक्षमा दुईतिहाइभन्दा मत बढी देखिएको छ ।

सरकारलाई विश्वासको मत : संसदमा माओवादीको एक भोट घट्यो
राजनीतिक स्थिरतासँगै भ्रष्टाचार नियन्त्रण, सुशासन र समृद्धिको एजेण्डा ओली नेतृत्वको सरकारले बोकेको छ ।

प्रधानमन्त्री ओलीलाई एमालेका १ सय २१, माओवादी केन्द्रका ५३ र राजपाका १७ र फोरमका १६ सांसदको समर्थन रहने देखिन्छ ।

त्यस्तै, स्वतन्त्र सांसदको हैसियतमा रहेका राजेन्द्र लिङ्देन, राजमोकी दुर्गा पौडेल र हुम्लाबाट निर्वाचित स्वतन्त्र सांसद छक्कबहादुर लामा पनि सरकारका पक्षमा मतदान गर्ने तयारीमा छन् ।

ओलीको विपक्षमा नेपाली कांग्रेस र एक सिट रहेको नयाँ शक्तिमात्रै हुने देखिएको छ । यद्यपि नयाँ शक्तिका सांसद तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई हाल देशबाहिर रहेका छन् ।

अहिले संसदमा कांग्रेसका जम्मा ६३ सांसद छन् । जवकी एक चौथाई मत बनाउन कांग्रेसलाई ६९ सांसद आवश्यक पर्छ ।

एक चौथाइ सांसद नहुँदा कांग्रेसले कुनै विशेष प्रस्तावसमेत संसद्मा दर्ता गर्न सक्दैन ।राष्ट्रपतिबाट नियुक्त भएको एक महिनाभित्र प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। ओली प्रधानमन्त्री बनेको चैत ३ मा एक महिना पुग्दै छ ।

संघीय संसदको प्रतिनिधिसभा २ सय ७५ सदस्यीय छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार  ६ : ३९ बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले