२ पुस २०८२, बुधबार | December 18, 2025

केपीको बोली गोली जस्तै, बोले पछि बोल्यो बोल्यो, नेता यस्तो हुनु पर्छ : टोपबहादुर रायमाझी



बुटवल । नेकपा ओली पक्षीय नेता एवं सरकारका उर्जामन्त्री टोपबहादुर रायमाझीले अध्यक्ष प्रचण्डलाई पार्टी संचालनका लागि कार्यकारी अधिकार दिंदा प्रधानमन्त्रीको पदमाथि आँखा गाडेको बताएका छन् ।

नेकपा ओली पक्षीय रुपन्देही जिल्ला कमिटीले बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै पार्टी एकिकरणको काम पुरा गर्नु भन्दा प्रधानमन्त्री बन्ने तर्फ ध्यान दिएको आरोप लगाए । मन्त्री रायमझीले आफ्नै पार्टीलाई काम गर्न नदिएर अवरोध गर्नु प्रतिगमन भएको टिप्पणी गर्दै जनताको अभिमतका लागि आफ्नै पार्टीको सरकारलाई असहयोग गर्ने संसद भंग गर्नु अग्रमन भएको दाबी गरे ।

ओली जत्तीको साहसी नेता अरु कोही नभएको उल्लेख गर्दै मन्त्री रायमाझीले भुकम्प र नाकाबन्दी एकैपटक ठेग्न सक्ने खुबी अरु कसैमा नभएको बताए । केपीको बोली गोली जस्तै। बोले पछि बोल्यो बोल्यो । नेता यस्तो हुनु पर्छ । उनले भने ।

अध्यक्ष प्रचण्डलाई ३३ वर्ष सम्म टिका लगाएर अध्यक्ष बनेको आरोप लगाउंदै रायमाझीले जनयुद्धमा बन जङ्गलमा भेटेका जस्लाई पनि टिका लगाएर केन्द्रीय सदस्य बनाईएको बताए । माओबादी भित्र सिस्टम नै थिएन । रायमाझीले भने ३० हजार सेना कहाँ गए ? त्यहाँ बसेर आशा भएन । एमालेमा त्यतीबेला देखि नै सिस्टम व्यवस्थापन रहेको उनको भनाई थियो ।

उनले संसद पुनस्र्थापना नहुने ठोकुवा गर्दै मुल पार्टी पनि ओली पक्ष नै रहने दाबी गरे ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  २ : १५ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल