३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

लक्ष्मी लघुवित्तको बचत तथा ऋणको किस्ता इसेवाबाट भुक्तानी गर्न सकिने



काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका सदस्यहरूले अबदेखि आफ्नो ऋणको किस्ता तथा बचत रकम इसेवाबाट भुक्तानी गर्न सक्ने भएका छन् । अनलाइन भुक्तानी सम्बन्धि सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र लक्ष्मी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्माले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि लक्ष्मी लघुवित्तका ग्राहकले इसेवा एकाउन्ट भएका सदस्यहरूले आफ्नो मोबाईलबाटै नियमित किस्ता तथा बचतको रकम भुक्तानी गर्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका सदस्यले नजिकको इसेवा जोन, पोइन्ट तथा इसेवा अंकित एजेन्टबाट भुक्तानी गर्न सक्ने इसेवाको सुचना तथा सञ्चार शाखाले प्रकाशित बिज्ञप्तिमा उल्लेख गरिएको छ । यो सँगै लघुवित्तका सदस्यहरुले ऋणको किस्ता तिर्न नगद बोकेर लघुवित्तको कार्यालय पुग्नुपर्ने समयको बचत हुनुको साथै अन्य खर्चमा समेत कटौती हुनेछ । सुरुको तीन महिना लक्ष्मी लघुवित्तको रकम भुक्तानी गर्दा कुनै शुल्क लाग्ने छैन ।

अहिलेको विषम परिस्थितीमा भिडभाडमा जान नपर्ने भएपछि कोरोना जस्ता संक्रात्मक रोगबाट हुने जोखिम पनि न्यूनिकरण हुने बिश्वास गरिएको छ ।

इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । इसेवा मार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

लक्ष्मी लघुवित्त वित्तीय संस्था राष्ट्रिय स्तरको लघुवीत्त संस्था हो । लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनी रहेको यस वित्तीय संस्थाका ७२ वटा शाखा रहेका छन् । संस्थाले हाल साढे ५ अर्ब कर्जा लगानी गरेको छ भने डेढ अर्ब भन्दा धेरै बचत रहेको छ ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ८ : ३९ बजे

पूर्वमन्त्री पाण्डेसहित ११ जना धरौटीमा थुनामुक्त

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित

प्रतिपक्षको बहिष्कारका बीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल

मन्त्रिपरिषद् हेरफेर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गरेका छन्।

बुटवलको कालिकानगरमा ‘डाउन टाउन चाइना’ रेष्टुरेन्ट सञ्चालन

बुटवल । पछिल्लो समय सामान्य चिया पसलदेखि स्तरीय होटल, रेष्टुरेन्ट,

कपिलवस्तुमा करेन्ट लागेर एक प्राविधिकको मृत्यु

कपिलवस्तु । यहाँको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने