७ श्रावण २०८३, बिहिबार | July 23, 2026

कुमारी बैंकले गर्यो नौं वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन



काठमाडौं । कुमारी बैंकले नौं वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन गरेको छ ।

उपत्यका भित्रका सात शाखाहरुः बाफल, नयाँपाटी, खुसिबु, मैतीदेवी, पानीपोखरी, मालीगाउँ र नरेफाँटको भौतिक उद्घाटन सम्बन्धित ठाँउबाट भएता पनि मोबाइल प्रविधिबाट विद्युुतीय माध्यममार्फत बैंकको केन्द्रिय कार्यालयबाटै बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप राणाले बैंकका उच्च पदाधिकारी तथा अन्य कर्मचारीको उपस्थितिमा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन गरेका हुन् ।

यसैगरी, बेलबारी शाखा बैंकका संचालक समितिका सदस्य महेश प्रसाद पोखरेल तथा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले संयुक्त रुपमा गरेका हुन्।

यसैगरी, फिक्कल शाखाको उद्घाटन पनि बैंकका संचालक समितिका सदस्य महेश प्रसाद पोखरेल तथा सूर्योदय नगरपालिकाका मेयर रण बहादुर राईले संयुक्त रुपमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिष तिमिल्सिनालगायत सम्बन्धित शाखा प्रबन्धक तथा शाखा पधादिकारीहरुको उपस्थितिमा सम्पन्न गरेका छन् ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  १२ : ४४ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी