२० बैशाख २०८३, आइतबार | May 4, 2026

सुदूरपश्चिम प्रदेशमा कोभिडको नमूना सङ्कलन सुस्त



सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसका शङ्कास्पद व्यक्तिको नमूना सङ्कलन र परीक्षण सुस्त भएको छ ।

सामाजिक विकास मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा पछिल्लो हप्तामा कोभिड-१९ का शङ्कास्पद एक हजार ९ सय २१ जनाको नमूना सङ्कलन भएको छ ।

सङ्कलित नमूनामध्ये यो अवधिमा दुई हजार ७४ जनाको नमूना परीक्षण हुँदा २ सय ७६ जनामा संक्रमणको पुष्टि भएको छ । एक महिनाअघि सम्म शङ्कास्पदको नमूना सङ्कलन गर्ने र परीक्षण हुने दर योभन्दा बढी थियो । दुई हजार ४ सय ९५ जना सक्रिय संक्रमित पुगेकामा एक हप्तामा यो सङ्ख्या बढेर दुई हजार ६ सय १ पुगेको छ ।

विगतको तुलनामा निको हुने दर बढ्न सकेको छैन । संक्रमण भई उपचार व्यवस्थापनमा रहेका मध्ये पछिल्लो हप्तामा १ सय ६ जना मात्र उपचार व्यवस्थापनपछि घर फर्किएका छन् ।

मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले लक्षण देखिएका व्यक्ति र संक्रमित सँगसँगै बस्ने व्यक्तिको मात्र नमूना सङ्कलन गर्ने पछिल्लो पटकको मापदण्डका कारण नमूना सङ्कलनमा पहिलेको भन्दा कमी आएको बताए ।

उनले भने, “स्वास्थ्य मन्त्रालयको मापदण्ड केही हेरफेर हुँदा नमूना सङ्कलन पनि कम भएको हो ।” कोरोनाको जस्तो लक्षण देखिने कतिपय व्यक्तिले नमूना जाँच गराउन आनाकानी गर्ने गरेकाले पनि नमूना सङ्कलनमा कमी आएको जनाइएको छ ।

प्रदेशमा पछिल्लो २४ घन्टामा कैलाली, अछाम, बैतडी, डोटी र डडेल्धुराका गरी थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका समेत आजसम्म जम्मा १३ हजार ७ सय २८ जना संक्रमित पुग्दा ११ हजार ७६ जना उपचार व्यवस्थापनपछि डिस्चार्ज भएका छन् ।

गएको एक हप्तामा सङ्क्रमणका कारण हुने मृत्यु दर भने घटेको देखिएको छ । यो अवधिमा एकजनाको मात्र मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रदेशमा मंगलबारसम्म ५१ जनाको मृत्यु भएको छ । होम आइसोलेसन र प्रदेशबाहिरका जिल्लामा मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन । सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमणको जटिल अवस्थाका सातजनाको सघन उपचार कक्ष (आइसियू)मा उपचार व्यवस्थापन भइरहेको छ ।

शिक्षण संस्थामा भइरहेको पठनपाठन कोरोनाको जोखिमका कारण पुनः बन्द गर्नुपर्ने अवस्था यथावत् छ । विद्यालयका शिक्षकमा कोरोनाको संक्रमण देखिन थालेपछि कञ्चनपुर र कैलालीका कतिपय विद्यालय बन्द गरिएको छ ।

यसैबीच प्राध्यापकमा कोरोना संक्रमण भएपछि धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसको पठनपाठनसमेत मंगलबारदेखि केही दिनका लागि बन्द गरिएको क्याम्पसका प्राध्यापक श्यामराज जोशीले बताए । रासस

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ७ : १९ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता