१५ असार २०८३, सोमबार | June 29, 2026

संविधान ‘कु’ हुँदा चुईक्क बोल्न नसक्ने सुवास नेम्वाङको निरिहता देखेर दया लागेको छ : गगन थापा



काठमाडौं । प्रतिनिधिसभा विघटनबारे केही बोल्न नसकेको भन्दै नेपाली काँग्रेसका नेता गगन थापाले संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङको आलोचना गरेका छन् । नेता थापाले बुधबार बिहान ट्वीट गर्दै नेम्वाङको नेम्वाङको निरिहता देखेर दया लागेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई संविधानसभामा अध्यक्ष भएको नाताले नेम्वाङले असंवैधानिक भएको भन्नुपर्नेमा उनी अहिले लुकेर बसेको थापाको आरोप छ ।

थापाले लेखेका छन्, ‘प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस शुरु हुँदैछ । म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु,जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ ।’

थापाले थप लेखेका छन्, ‘मलाई लागेको थियो यो संकटमा मेरो अध्यक्षले अदालतमै उभिएर श्रीमान् @PM Nepal ले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो। मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायिकी मनसाय (Legislative Intent) यस्तो हुँदै होइन भनेर सन्दर्भ सहित जमेर बहस गर्नुहुनेछ।’

थापाले लेखेका छन्, ‘अपसोच उहाँ त कसैले केही सोध्लान की भनेर लुकेर बस्नुभएको छ,प्रश्नबाट भाग्नुभएको छ । आफैले बनाएको संविधानमा ‘कु’ हुँदैगर्दा त्यस विरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको ‘निरिहता’ देख्दा दया लागेको छ।’

काँग्रेस नेता थापाले संविधान बनाउने संविधान सभाको नेताले संविधानको पक्षमा उभिने साहस नगरे पनि संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सम्मानित सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्ने विश्वास व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ९ : २९ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै