खण्डहर नाता

कथा
गणेशबहादुर जीसी
२५ पुष २०७७, शनिबार

बशन्तकालीन सूर्य उकालो लाग्दै किशोर उमेरको मान्छे जस्तै ढकमक्क हुन लागेको थियो । महेश बाजे अर्थात महेशप्रसाद शर्मा आफनो फेर्ने लुगा तथा घरमा बनाएको सेलरोटी र आफनै भैंसीको दूधको खुवा बनाएर झोलामा हाली छोरो भेट्न घरबाट उकालो लागे । धेरै दिन भयो छोराले न चिठ्ठी पठाउँछ न आपूm आउछ । के कस्तो छ? सञ्चो, बिसञ्चो । एक फेरा भेटेरै आउन प¥यो भनेर स्वास्नीसंग सल्लाह गरेर बाटो लागेका हुन फौजीमा अधिकृत भएको छोरो रमेशप्रसादलाई भेट्न ।
हेड क्वाटरमा सोधेर ठेगाना पत्ता लगाई हिडेका थिए,पिता महेश आशा र निराशा बीचको डुङ्गामा बसेर । बुढीले पनि साँचै चार पाँच बर्ष भैसक्यो,यस जुनीमा कति दशैं आए,गए,कति तिहार आएगए,न कुनै भेटघाट,न कुनै रैबार केइ छैन । जाउ बुढा एक फेरा उसको ठाउँ पत्ता लाएर भेटीआउ”भनेर मातृ स्नेह पोखेकी थिइन रमेशकी आमा इन्द्रमायाले ।

कथाकार

खेर गएका दुई सन्तान र जीवित दुई छोरी पछीको एक मात्र छोराको लागि केके गरेनन् महेश दम्पतिले । आफनै कोखबाट जन्मिएका छोरीहरुलाई परघर जाने जात भन्दै भेदभाव र उपेक्षा गर्दै चुलो चौको र पशु गोठालो, खेतिपातीमा सीमित पारेर उत्कट अभिलाषाको उत्तराधिकारीको रुपमा जन्मेको एक मात्र सपनाको सुपुत्रलाई माया, ममता र आश्थाको सिंहासनमा बसाई हरप्रकारको सेवा सुविधा पु¥याएका थिए ।

उनी घरबाट उकाली लागे देखि नै स्मृतिको त्यही डुंङगामा सयर
गरिरहन्थे उबडखाबड ज्वारभाटा हुँदै — आफनो एकमात्र छोरालाई उच्च
शिक्षासम्म पढाएर ठूलो मान्छे बनाउने मनभरि कल्पनाको डोको र
भरोशाको पोको समातेर महेश शर्मा छोरा रमेशको हात समातेर पाठशाला
तिर उकालो लाग्थे । पाठशालामा पुगेर उच्च लक्ष्यको पोल्टो फुकाउदै हेड
मास्टरसंग भन्थे —“मास्टर साहेब मेरो यो एक मात्र छोरालाई मेरो घरको
मात्र हैन समाजकै लागि,देशकै लागि केही गर्ने निधि बनाउने मेरो संकल्प छ
। यसलाई राम्रोसंग पढाइदिनु होला । जे जति खर्च लाग्छ म बेहोर्न तयारछु
। यसलाई ठूलो मान्छे बनाइदिएर यसकी आमाको चाहना पूरा गरिदिनुछ ।
दुई सन्तान खेर गएर दुई छोरीपछि जन्मिएको यो छोरोे हो । यसको मतलब
छोरीहरुलाई उपेक्षा गरेको नठान्नु होला । तथापी पुस्तान्तरणको हकवालाको
रुपमा समाजले मानिआएको हुनाले छोरालाई बिशेष सन्तती मानिआएको हुँ
। मेरी पत्नीको आकांक्षा पनि यहीछ, यसलाई पूरा गर्नुछ मैले ।”
निस्वार्थी शिक्षकको कर्तव्य बोध प्रकट गराउदै प्रधानाध्यापक तप्तबहादुर भन्छन्—“हेर्नुस शर्माजी हाम्रो पाठशालामा भर्ना हुन आउने सबै बिद्यार्थी भविष्यका कर्णाधार हुन । यहाँ कसैलाई काख र कसैलाई पाखा भन्ने हुदैन । यहाँ लिङ्ग, जात, वर्ग,वर्ण,बंश आदि उच नीच भन्ने शव्द हाम्रो पाठशालामा हुदैन । सबै बिद्यार्थीलाई भविष्यका देशका निधि बनाउने हाम्रो लक्ष्य हो । छोरा मात्र हैन छोरी पनि यो देशको गहना हुन । अभिजात भनिने वर्ग मात्र हैन दलित पनि यो देशको गहना हुन । यहां जातले हैन तीक्ष्ण बौद्धिक क्षमता जसमा पनि हुनसक्छ भन्ने हाम्रो मान्यताछ । तपाईले छोराको मात्र हैन,छोरीको पनि आश गर्नुु होला । बिश्वमा छोरीले पनि धेरै राम्रो काम गरेर इतिहास निर्माण गरेका छन । तपाइले चिन्ता लिनु पर्दैन सबैलाई उत्कृष्ट स्थानमा उभ्याइ दिने हाम्रो प्रयास पूर्ववत जारी रहनेछ ।
००००
महेश बाजेले छोरालाई शिक्षक राखेर बिशेष कोचिङग कक्षा पनि पढाउथे । उनको मनमा गढेको दह्रो परम्परालाई जीवित राख्न बाह्र,तेह्र बर्षको हुँदा छोराको बिहा गरिदिए ,कुटुम्बले रजस्वला नहुँदै छोरी पन्छाउने आग्रह गरेकाले । त्यस्तै गरी आफनी छोरीहरुलाई पनि रजस्वला नहुदै पन्छाएर बेलैमा बुहारी भित्राउने दायित्व पूरा गरेका थिए उनले । पाल्तु पशुधन र जो भएको जिमीजग्गा बेचेर भएपनि छोरालाई उच्चतम शिक्षासम्म पढाउने धोको र महेश बाजेको प्रयास अनुसार छोरा रमेशले चित्त बुझदो शैक्षिक योग्यता हासिल गर्दै गएकोमा मक्ख परेका थिए उनी । छोरालाई प्रमाणपत्र तहसम्म पढाउँदा उनको जो भएको तेह्र चौध रोपनी जग्गा र हल गोरु बिक्री भैसक्नु मात्र हैन ऋणको भारी पनि गह्रुङ्गै थियो । यद्यपी छोराको सन्तोषजनक पढाईको खुशीले त्यो भारी धानेको थियो ।
अन्ततः हुँदा हुँदा छोरा रमेशको उन्नतिको गन्तव्य फौजी अधिकृतको जागिरमा जोडिन सफल भयो । छोराको त्यो सफलताबाट प्रफुल्ल भएका महेश बाजेले सप्ताह लगाएर लाख बत्ती बाली गाउँलेहरुलाई ठूलै मीष्ठभोज पनि खुवाए । खुशी हुनु स्वभाविक पनि थियो ,किनकी छोरा गाउलेहरुको दृष्टिमा सम्मानित पद भनेर मानिएको अधिकृत जस्तो पदमा छनोट हुनु भनेको चानचुने कुरा थिएन उनको लागि । अब छोराले पाउने मासिक अधिकृतको तलबबाट असैह्य भैरहेको ऋणको भारी पन्छिनुका साथै गुमेको जग्गा पनि रुप बदलेर भए पनि फिर्ता आउने आशले टङ्गाएको थियो,उनलाई । छोराको सफलताबाट बुढाबुढीको कल्पनाको पूmलबारी ढकमक्क भएको थियो, आशाको बगैंचामा ।
रमेश अधिकृत क्याडेट तालिम अवधिमा छुट्टी भएको बेला औटपास पाएको बेला घरमा आएर बाबुआमा र दिदीहरुलाई ढोग गथ्र्यो । श्रीमतीलाई माया गथ्र्यो । बाबुआमा ,दिदीहरुको आँखा छलिएको असमयमा बच्चा पाएकी तरुणी स्वास्नीलाई “सञ्चैछेस अनु”भनेर प्याट्ट गालामा मायालु स्पर्स दिइ पनि हाल्थ्यो ।
असमय÷बाल उमेरमा भित्रिएकी बुहारी अनीता बुढाबुढीको सहाराको लौरी बनेकी थिई । सारा घर व्यबहार उसैले धानिदिएकीले रमेशलाई शैक्षिक पाठ्यक्रममा एकाग्र भै अध्ययन गर्न र फटाफट सिँडी उक्लिन सजिलो भएको थियो । अन्यथा घरको जिमीदारी धान्न बाबु आमा बुढाबुढीलाई गाह्रो पर्दा कहिलेकाँहि रमेशको केही समय त्यतातिर आकर्षित हुने थियो,बाध्यताले ।
एक फेरा महेश बाजेले रमेशले गाउँको माध्यमिक स्तरको पढाइसकेर उच्च शिक्षा पढन काठमाडौं जाने बेलामा,उसकै सामु– “के गरौं दुलही तैले काम भ्याउन पर्ने भो । यसलाई काठमाढौं पढन पठाउन पर्ने भो, सक्छेस कि नाइ ?”भन्दा उसले भनेकी थिई– “हजुरले घरको धन्ना मान्न पर्दैन बुवा, त्यस्तो उन्नतिको काममा उहाँलाई पठादिनुस, म छदैछु नि उहाँकी अर्धाङ्गिनी । जसरी पनि म समालिहाल्छु पढन पठाई दिनु भए हुन्छ”। भनेर सहमति जनाए देखि नै उदयचल देखि अस्तयचलसम्म परिपक्व गृहिणीको काम गरेर अशक्त ससुरालाई कामको टेवा र निरावरोध अध्ययनको लागि लोग्नेलाई उत्साह दिएकी थिई,रमेशकी श्रीमती अनुराधाले । त्यसैले उसको त्यो कृतज्ञता र अविचलित सेवा अबिस्मरणीय थियो ।
००००
सेनाको आधार तालिम सम्पन्न भई अधिकृतको फुली धारण गरेपछि घरमा उमङ्ग बाड्न पहिलो छुट्टीमा आएको थियो । त्यसपछि फर्किएको रमेशको गृह उपस्थिति पातलिदै गयो । शायद ,ओहदालाई प्राधान्यता दिएर मातृगृहलाई नै भुल्ने,उपेक्षा गर्ने नगण्य अन्ध अभिमानी संस्कारले उसलाई पनि छोएर हो वा काम बिशेषले हो आफनो जन्मगत महत्वपूर्ण पारिवारिक अतीततिर चटक्क पीठ फर्कायो ।
००००
क्रमशः ओहदा बढ्दै गएर एउटा पहाडी गुल्ममा गुल्मपतिको कार्यभार सम्हाल्ने अवसर पाएछ । त्यसपछि उसले अर्की नवबाला भित्राएर आलिङगनमा लिप्त भएछ । घरकी स्वास्नीलाई थोत्री भई,अशिक्षित भई,असभ्य भई ,अफिसर वाइफ सुहाउदी भइन भनेर । त्यो मात्र होइन, मैला लुगा लगाउने, किसानी बाबुआमा प्रति पनि वितृष्णा जागेछ,उसलाई । त्यसैले मानसिक रुपमा घरको बाटो छोडेको पाँच बर्ष भएको थियो । अब छोराप्रतिको बुढाबुढीलाई मातृपितृत्व मायाले,स्नेहले,बात्सल्यताले मनमा घोच्न थाल्यो, पोल्न थाल्यो,बिझाउन थाल्यो अनि “छोरा घर नआएको यतिका बर्ष बितिसक्यो अहिलेसम्म नत भौतिक शरीर ,नत कुनै खबरपत्र,आकाशबाणी पठाउछ, आखिर के भयो होला ? कुनै दुःख बिमार परेर होकि” भनेर बाबुआमाको माया छोरामाथि छोराको मन ढुङ्गामाथि भएछ । अन्ततः बुढाबुढीको मन चिन्तातुर भयो । त्यस्तै हालत भयो, बुहारी अनुराधाको पनि । घरमा हलचल मच्चियो– बा कतै अर्कै घरजाम गरेर उतै पो बस्यो कि यसरी चटक्क विर्सिन त नपर्ने हो । तिनिैजनाको मनमा हलचल उम्लियो आ—आफनै कल्पनाका तरङहरुमा ।
बाबुआमाको मन असैह्य हुनेगरी दुखेकोले महेश बोजेले चिठी लेखी पठाए हुलाकबाट —
बाबु रमेश,शुभ आशिर्वाद छ ।
धेरै भयो घर नआएको । नत कुनै खबर पठाएको । के भैरहेकोछ ? बिसञ्चो भएर हो भने म बिस्तारो बिस्तारो त्यहीं भेटन आउँछु । टाढा भएकोले सितिमिती आउन सकिन्न ,बुढो शरीर तिमीलाई थाहैछ । यदि घरको माया मारेको होभने साह्रै अनर्थ भयो । यहाँ डाडाबाट अस्ताउन लागेको घाम जस्तै हामी बुढाबुढी रातोदिन बाटो हेरी बसिरहेकाछौं । आफना सन्तती प्रति बाबुआमाको माया सागर जति गहिरो र फराकिलो हुदो रहेछ भन्ने कुरा यहाूूँ घरको छोरालााई माया गरेको भए थाहा पाउथ्यौ होला । तर तिमी जस्तो त्यत्रो पढेर त्यहाँसम्मको ओहोदामा पुगिसकेको मान्छेलाई थाहा हुन सकेन,अत्यन्त दुःखको कुरा । त्यस्तै पतिप्रतिको मायाको डोको बोकेर,हाम्रो सहाय बनी गृहिणीको सम्पूर्ण दायित्वभार बहन गर्दै,कठोर परिश्रम गरिरहेकी तिम्री जीवन साथी,जसले तिमीलाई शिक्षा र पदको धुरी चढाइदिइन् यस्ती अर्धाङिगनीलाई र आफनै सन्तानको रुपमा पैदा भएको छोरा पनि सम्झन पर्ने हो । यस्तो निष्ठुरे भएकाो ? किन केही खबर आउदैन ?हामी साह्रै दुःखी छौं । अतः छिटो भन्दा छिटो खबरको प्रतीक्षामा छौं । भरसक छुट्टी मिलाएर आउ, सम्भव नभए कुनै साधनबाट खबर पठाउ ।

००० उही तिम्रो माया गर्ने पिता
महेश शर्मा
ठेगाना खोजेर चिठी हात पारिदिनु भनी छुट्टीबाट हाजिर हुन जाने गाउँको सिपाहीसंग खामबन्दी गरी पठाए,महेशले ।
आफूलाई असाध्य माया गर्ने बाबुको पत्र हात परेपछि घृणापूर्ण मुद्रा बनाएको रमेशले पठाएको जवाफ यस्तो थियो—

मेरो माया गर्ने बुआआमालाई ढोगछ ।
म यहाँ सञ्चैछु । अन्य कुराको सन्दर्भमा ,म एउटा सरकारी फौजी अधिकृत जस्तो गरिमामय पदमा आशिन भएको व्यक्तिले गाउँकी अशिक्षित आइमाइसंग मेरो स्तर नमिल्ने भएकोले मैले अर्कै स्वास्नी बिहा गरिसकें यहाँ । त्यस्को लागि तपाइहरुलाई चिन्ताको बिषय भएन । अब मेरो बसोबास यतै हुने भएकोले पैसाको पनि आशा नगरे हुन्छ । पहिले जे भयो सो भयो । अब मेरो जीवनस्तर भिन्न हुन्छ । गाउँको फोहोर बस्ती र फुसको घर तथा झुप्रे समाज मलाई सुहाउदैन । त्यसैले मेरो गाउँ फर्किने आशा नगरे हुन्छ । मेरो पुरानो अध्याय सकियो । धन्यबाद ।
रमेश शर्मा

छोराको पत्र पढेर महेश बाजेको सपनाको सिसमहल चकनाचुर भएर भत्कियो । जीवनमा एउटा काम त पूरा गरे उनले ,छोरालाई पढाएर ठूलो मान्छे बनाउने पत्नीको अभिलाषा । परन्तु त्यही छोराको उन्नतिको लागि कल्पनाको सागरमा डुबाएको सम्पत्तिको क्षतिपूर्ति त परैछ, प्रत्येक्ष रुपमा “छोरा”,“बाबु”भनेर बोलाउन पनि असहज हुने स्थिति बुढाबुढीको भयो भने अबोध बाल्याबस्थामा जीवन सपर्पित गरिएकी अनुराधाको जीवन पनि डुंगामा राखी बगाइएको पौराणिक कर्णको जस्तै हुने भयो ।
अब अनुराको भागमा केवल रमेशको निशानी एउटा छोरा बाँकी रह्यो,लोग्ने भनौदो जिउँदै मरेकोले । अन्ततः छोरीकै रुपमा बृद्ध सासुससुराको सेवा गर्दै रही, भाँचिएका आशाका पखेटा र बोझिल भएको मनलाई घिसार्दै ।

“बाबुआमाको माया छोराछोरी माथि,छोराछोरीको माया ढुंगामाथि” भने जस्तै भयो,महेश दम्पत्तिको उत्तराद्र्धको जीवनकालमा ।
छोरा रमेशले नाताको लहरो,पुत्रधर्मको लहरो,सन्तति मायाको लहरो छिनाले तापनि पन्त बाउन महेश दम्पत्तिको मातृपितृ बात्सल्यताको लहरो छिन्न सकेन । बुढाबुढीको खुल्दुली बाँकी नै रह्यो । त्यसैले दुबै जनाको छलफलबाट एकदिन, बुढाले छोराको ठेगाना सोद्धै ,पछ्याउदै, लठ्ठी टेक्दै छोरो कार्यरत रहेको पल्टनमा पुगे । गेटमा पुगेर एक नम्बर वर्दीमा दाइने पाखुरामा आर पी लेखेको रातो फित्ता लगाएर छडी समातेको सिपाहीलाई सोधे —
”धादिंग टाकुराको रमेश शर्मा नाम गरेको अधिकृत यहाँ छकि बाबु ?”
“को रमेश?के दर्जाको रमेश भन्नु भाको हो बाले? एक जना धादिंग टाकुराको रमेश शर्मा यहाँको हाकिम हुनुहुन्छ । ल म सोधेर आउँछु हैत ?
बुढाले भने—“हो त्यै होला बाबु । मेरो घर नि गोर्खै हो । अलि अग्लो, गोरो चुच्चे नाक भएको करीब मेरै अनुहार गरेकोछ । अहिलेको दर्जा त मलाई थाहा भएन बाबु । अधिकृतमा भर्ति भएको हो ।
“यतै बस्दै गर्नुस् म सोधेर आउछु ।”भनेर आरपी(रेजिमेन्ट पुलिश) गेटबाट भित्रतिर सोझियो ।
एकछिनपछि,बुढाले जवाफ पाए । आरपीले भन्यो–“ए बुढा ! नचाइने कुरा ल्याएर आउने ? मलाई हाकिमसावको गाली ख्वाउने ? तपाईले भनेको कुरा र तपाईको हुलिया समेत खुलाएर जाहेर गर्दा उहाँले मलाई भन्नुु भयो–“मेरो कोही बाबुसाबु छैन । मेरो घरको नोकर होला कोहि । उतै पठाइदे । मलाई कसैलाई भेट्ने फुर्सद छैन । जा भनिदे, छोराको नाता ल्याएर मसंग कोही भेट्न आउने हैन । हुन त अनुहार त तपाईकै जस्तो छ,छन त । उहाँको घर पनि धादिंगको टाकुरा नै हो क्यारे । तर त्यसो भन्नु भयो म के भनुँ । जानुस् अब ।”

महेशले कुठित जिज्ञासा पोखे–हो र बाबु ? “त्यसो भन्यो त्यसले ?तपाईले भनेको नाम र ठेगाना सही हो भने त्यो मेरै छोरो हो । नपत्याए मैले लिदिएको त्यसको नागरिकता वा कुनै रेकर्डमा मेरो यो नाम अवश्य होला । केही जिम्मेवारी पद पाएँ भन्दैमा आफनो रुख,जरो नै विर्सिदिनु हुन्छ त ? ल भन्नुस बाबु ?तपाई विर्सिन सक्नु हुन्छ आफना बाबुआमालाई?
लौ भयो, लामो कुरा नरौँ । मैले बाँचेको सार भएन । ल म गएँ ।”
पहिले आरपीको कुरा सुनेर चरन पाएर रङ्गिएको छेपारा जस्तो महेश बाजेको आशाले रातिएको मुखाकृति र विश्वासको अलिकति झिल्को देखेको उनको दृष्टिमा नैराश्यताको कालो बादलले ढपक्क छोप्यो ।

पुत्र पीडित बुढा महेश बाजे,खुट्टा लर्खराउदै लौरी टेकेर गुनगुनाउँदै ओरालो लागे । ठीकै भनेका रहेछन्,अगाडिकाले, “तिम्रा सन्तान तिम्रा आफना हैनन् । तिनीहरु जीवनको उत्कट अभिलाषाका सन्तान हुन् । उनीहरु तिमी मार्फत अस्तित्वमा आएका मात्र हुन् । तिनलाई तिमीले माया मात्र देउ,धारणा नदेउ, किनभने उनका आफनै धारणहरु हुन्छन् । तिनीहरुको शरीरलाई तिम्रो घरमा राख्न सक्छौ,तर आत्मालाई हैन । ”
हो, साच्चै रहेछ । कसैको शरीरलाई केही दिन,केही क्षण बसमा लिन सकिएला, तर आत्मा उछिट्टिएर काँ पुगिसकेको हुन्छ । आफनै रगतबाट,आफ्नै गर्भबाट जन्मिएको मेरो वंशको आत्मा आज कहाँ पुगेको रहेछ ? बंश रक्षक भनेर छोरा पाउने अभिलाषाको कुनै कुनै फलमा कीरा लाग्छभने रुखको के दोष ? निशाना लगाएको वाण टाढासम्म पुगोस् भनेर सक्दो शक्ति लगाइयो । अन्तत्वगत्वा अहिले त्यो वाण उछिट्टिएर आफनै छातिमा रोपियो । यो कस्तो नियति हो? मेरो अर्थात हामी दम्पत्तिको । के गर्ने,छोरो नामको बाघ पाइएको रहेछ । यसले मलाई त यस्तो ग¥यो भने उसका मातहतका सिपाहीलाई गतिलो गरेको त छैन होला,अवश्य । त्यो विवेकहीन,नैतिकहीनले । पदीय दम्भ यसरी सबै मान्छेलाई यति नीच,यति सीमाहीन कृतघ्न बनाएको थाहा थिएन मलाई ।
ल भैगो । अब तँ अभिमानको गर्तमा रमाउदै गर,आफनै तरिकाले । म जिन्दगीको गन्तव्यतिर लागेँ अब ।

मेरी प्यारी अर्धाङ्गिन,प्यारी बुहारी अनु,प्यारी छोरी जुनु,मुनु !
तिमीहरुलाई मेरो यो जीवनको अन्तिम आशिर्वाद ।

आज म जे जति भएको सारा अविभारा तिमीहरुको जिम्मा
छोडेर सांसारिक दुःख भोगाईबाट मुक्त भएर जाँदैछु । केगर्ने
छोरीको जस्तो रसिलो आद्र्ध मन छोराको
हुँदो रहेनछ । मैले छोरा पाएँ भनेर गर्व गरें । तर ठूलो भूल गरेको रहेछु ।
ऊ छोरा नभएर आफनै छातिमा बज्रिने गोली रहेछ । यस्ता कृतघ्न
छोरा कसैको कोखमा नजन्मिउन भविष्यमा । छोरालाई भेटेर आफनो
पुत्रमायाको अगाध सागरलाई उसको पोल्टामा राखिदिन्छु अनि उसको
बाल सुलभतालाई अन्जुलीमा कसेर ल्याउछु भनेर गएको त “बाबु हैन
घरको नोकर हो,उसलाई उतैबाट पठाइदिनु,भित्र
नपठाउनु ”भनेर पो पठाएछ गुल्मपति बंगलाबाट । अब मेरो बाँच्नुको
कुनै अर्थ रहेन । अब मेरो जीवन रुपी लीलालाई त्रिशूली गंगामा समाहित
गर्न जादैछु । मेरी जीवनभरिकी प्राणप्रिय सगिनी ! अब दोकलाबाट एकला
भएपनि बाँकी जिन्दगी छोरी,बुहारी र नाति हेरेर निश्चिन्त विताए । अनि
उत्तराद्र्धमा हाम्रो सहयोगी बन्न आएकी बुहारी तथा मुटुका टुक्रा छोरीहरु
! बाँकी जीवन खुशीसाथ बिताउनु । नातिलाई असली बंशरक्षक
बनाए,ज्ञानी बनाए । ज्ञानी भनेर घोकन्तेबाट डिग्री हासिल गर्ने, ज्ञानको
अथाह सागरको अगि,पछि, दायाँ,बायाँ नदेख्ने अभिमानी नबनाए । मेरो
जस्तो कृतघ्न छोरो कसैको नहोस्,नजन्मियोस । बाबु आमाको
ममता,बात्सल्यताको गहिराई नबुझने विवेकहीन छोरा कसैका नहुन् । जो
पनि मातापिताको लागि आफनो सन्तति जीवन पर्यन्त नै मुटुको ढुकढुकी
नै बनेको हुन्छ । बुझने मानवको लागि अस्तित्वमा भएको देउता भनेकै
माता पिता हुन् ,जसले आफना सन्ततिका लागि जीवन अर्पित गरेको हुन्छ
। तर हामीले पुत्र हैन गंगटो वा माकुरो जन्माएका रहेछौं,जसले भित्रभित्र
सकेर अन्तमा जन्माउने आमा नै सिध्याउँछ । मेरो अनुभवको ज्ञान र
अन्तिम आग्रह छकि,आफनै सन्तान छोरा र छोरीमा भेदभाव गर्ने चलन,
जागिरको लागि डिगृको खुटकिलो मात्र चढने शिक्षा नीति, बल तिर झुक्ने
र पैसामा विक्री हुनसक्ने उभयमुखी कानुन तथा भाग्य भरोसाको पुरातन
चलन कहिल्यै नआवस,यो मुलुकमा । मैले छोरा र छोरीमा भेदभाव गरेर
ठूलो अन्याय गरें ,पुरातन संस्कारलाई निरन्तरता दिने भएर । अब देखि यो
धर्तिमा छोरा र छोरीलाई कत्ति फरक नदेखेर समान व्यवहार गर्ने व्यवस्था
होस । जय गंगा माता…. ।

महेशप्रसाद कापीको पानामा लेखिएको चिठ्ठीमा आफनी श्रीमती छोरीद्वय र बुहारीको नाम र घरको ठेगाना लेखीे घरमा पु¥याइदिनु भनेर मलेखुका एकजना परिचित पसलेलाई हात थमाएर सरासर त्रिसुली नदीतिर ओर्लिए । परिचितले काँ जानुहुन्छ गुरु पख्नुस भन्दाभन्दै लुरुलुरु हिडेका महेश बाजेले हत्त न पत्त त्रिसुली गंगालाई ढोगेर देह समर्पण गरिहाले ।

उनको देहसंगै उनको जीवन पर्यन्तका माया,मोह,त्याग,समर्पण,उपदेश,सुख,दुःखका अनुभूतिहरु सबै एकमुष्ठ एकधर्सो प्राणसंगै समाप्त भए । जीवनमा यश आर्जन गर्न पाएको भए इतिहासका पाना लिखत भएर कतै न कतै जिवन्त बनेर रहन्थ्यो होला । तर समाजलाई सकारात्मक कल्याणकारी काम दिउँ ,गरुँ भन्ने उदार आत्मा उनीसंंग भएता पनि छोराकै उन्नतिमा नै जीवनलाई एकाग्र पारेकोले जीवन पर्यन्त केही गर्न भ्याएनन्,उनले । जसको लागि उनले जीवन समर्पण गरेका थिए ,त्यही उनको एक खण्डहर नाता थियो । जीवन आफनै,भोगाई आफनै । जुन पुत्रलाई उनले शिक्षित बनाए, त्यही पुत्रको अभिमानले जीवनको यथार्थ बुझने ज्ञानसागरदेखि विमुख भएका कारण उनले मनभरिका चाहनाहरुलाई साथैमा लिएर असमयमै देह त्याग गरे ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*