१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा शर्मा



बुटवल । नेपाल उद्योग बाणिज्य महासंघको लुम्बिनी प्रदेशको अध्यक्षमा कृष्णप्रसाद शर्मा विजयी भएका छन् । आज भैरहवामा भएको महासंघ प्रदेशको दोस्रो अधिवेशसनबाट शर्मा बुटवल उद्योग बाणिज्यसंघका पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठलाई पराजित गर्दै विजयी भएका हुन् ।

शर्माले जिल्ला नगरमा २२ मत र एशोसिएट तर्फ ७८ मत प्राप्त गरेका थिए । श्रेष्ठले जिल्ला नगरमा ८ र एशोसिएटमा २३ मत ल्याएका थिए ।

महासंघको प्रदेश अधिवेशनमा अध्यक्ष बाहेक अन्य पदका पदाधिकारीहरु भने निर्विरोध चयन भएको छ । लुम्बिनी प्रदेश शाखाको एशोसिएट उपाध्यक्षमा दिपक कुमार पौडेल र जिल्ला नगर उपाध्यक्षमा बालकृष्ण सुवेदी चयन भएको निर्वाचन समिती प्रमुख बाबुराम पाण्डेले जानकारी दिए । कोषाध्यक्षमा रत्नप्रसाद श्रेष्ठ चयन भएका छन् । पदाधिकारी र कार्यसमिति गरी उद्योग बाणिज्य महासंघको प्रदेशमा ११ सदस्यीय समिति रहने प्रावधान रहेको छ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ९ : १३ बजे

जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आह्वान

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको नियुक्तिबारे

ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोखरेलको मृत्यु

नवलपरासी । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका रुपन्देहीका पत्रकार पोषकान्त

सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी

सप्तरी। सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका

जुरेढुङ्गा ओझेलमा

रसुवा । आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि

UN extends LDC graduation timeframe for Nepal and Bangladesh

Kathmandu, Oct 30: The United Nations General Assembly has unanimously