१५ असार २०८३, सोमबार | June 29, 2026

राष्ट्रिय सभाको अधिवेशन राति १२ बजेबाट अन्त्य गर्न राष्ट्रपतिलाई सरकारको सिफारिस



काठमाडौं । सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजबाट अन्त्य गर्न लागेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बसालेर राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेका छन् ।
अधिवेशन आइतबार राति १२ बजेबाट अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

दुई वटा अधिवेशनबीचको अन्तर ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक बाध्यताका कारण सरकारले राष्ट्रिय सभाको अधिवेशन यही पुष १७ गते आह्वान गरेको थियो ।

तर पहिलो दिनदेखि नै प्रतिनिधिसभा विघटनसम्बन्धी विषयलाई प्रतिपक्षी दलहरुले कडा रुपमा उठाएपछि सभाको दोस्रो बैठकदेखि नै अधिवेशन अन्त्यको प्रयास भएको थियो ।

यो पनि पढ्नुहोस : राष्ट्रिय सभाको हिउँदे अधिवेशन आज अन्त्य हुँदै, अधिवेशन अन्त्य गर्नुअघि प्रधानमन्त्री ओलीको सम्बोधन

राष्ट्रिय सभा सञ्चालन गर्ने कुनै विजनेश नभएको भन्दै अधिवेशन अन्त्य गर्न लागिएको हो । यद्यपी, जनप्रतिनिधि संस्था प्रतिनिधिसभा विघटन गरेपछि जनपक्षीय एजेण्डा उठाउने सदनको अन्त्य गरेर सरकारले आफ्नो विरोध सुन्न नसक्ने चरित्र देखाएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् ।

अधिवेशन अन्त्य गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभालाई सम्बोधन गर्दैछन् ।

 

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  १ : २२ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै