१६ बैशाख २०८१, आइतबार | April 28, 2024

राष्ट्रिय सभाको अधिवेशन राति १२ बजेबाट अन्त्य गर्न राष्ट्रपतिलाई सरकारको सिफारिस



काठमाडौं । सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजबाट अन्त्य गर्न लागेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बसालेर राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेका छन् ।
अधिवेशन आइतबार राति १२ बजेबाट अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

दुई वटा अधिवेशनबीचको अन्तर ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक बाध्यताका कारण सरकारले राष्ट्रिय सभाको अधिवेशन यही पुष १७ गते आह्वान गरेको थियो ।

तर पहिलो दिनदेखि नै प्रतिनिधिसभा विघटनसम्बन्धी विषयलाई प्रतिपक्षी दलहरुले कडा रुपमा उठाएपछि सभाको दोस्रो बैठकदेखि नै अधिवेशन अन्त्यको प्रयास भएको थियो ।

यो पनि पढ्नुहोस : राष्ट्रिय सभाको हिउँदे अधिवेशन आज अन्त्य हुँदै, अधिवेशन अन्त्य गर्नुअघि प्रधानमन्त्री ओलीको सम्बोधन

राष्ट्रिय सभा सञ्चालन गर्ने कुनै विजनेश नभएको भन्दै अधिवेशन अन्त्य गर्न लागिएको हो । यद्यपी, जनप्रतिनिधि संस्था प्रतिनिधिसभा विघटन गरेपछि जनपक्षीय एजेण्डा उठाउने सदनको अन्त्य गरेर सरकारले आफ्नो विरोध सुन्न नसक्ने चरित्र देखाएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् ।

अधिवेशन अन्त्य गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभालाई सम्बोधन गर्दैछन् ।

 

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  १ : २२ बजे

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा

मे १ देखि नेपालीलाई चीन जाँदा भिसा शुल्क नलाग्ने

काठमाडौं । चीनले आफ्नो देश प्रवेश गर्न चाहने नेपाली नागरिकसँग

बझाङमा मतगणना सुरू

बझाङ । बझाङमा मतगणना सुरू भएको छ । बझाङको छबिसपाथिभरा

वेस्ट इन्डिज ए द्वारा नेपाललाई १६१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं। वेस्ट इन्डिज एले नेपाललाई १६१ रनको लक्ष दिएको छ