७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

पौवाले ल्यायो चाड अनुसार स्वाद कार्यक्रम, माघे संक्रान्तिमा होटल पौवामा माघीकै परिकार



बुटवल । माघे संक्रान्तिलाई लक्षीत गर्दै होटल पौवाले आफ्ना सबै शाखाहरुबाट माघीको परिकार खुवाउने भएको छ । आगामी माघ १ गते (माघे संक्रान्ति) संक्रान्तिका दिन पौवाका हरेक शाखाहरुमा माघीका दिन परम्परा देखि खाईंदै आएको परिकारहरु ग्राहकहरुका लागि निशुल्क खुवाउन थालिएकोको होटल पौवाले जनाएको छ ।

पौवा ग्रुपका अनुसार जुन जुन स्थानमा पौवाका शाखाहरु छन् सोहि शाखा रहेको स्थानमा स्थानीयले परम्परा देखि खाँदै आएको परिकार ग्राहकहरुलाई खुवाउन लागिएको हो । थारु समुदायमा माघीको प्रमुख परिकार ढिक्री, माछाको अचार, खिचडी, तरुल, सखरखण्ड सबै शाखाहरुमा उपलब्ध हुुनेछन् भने पाल्पा र योगीकुटी तिलोत्तमामा मगर समुदायको माघी स्पेशल सेलरोटी र लोकल अचार पनि ग्राहकका लागि उपलब्ध हुनेछन् ।

परम्परालाई निरन्तरता दिन र नेपाली संस्कृतिको जगेर्ना गर्न चाड अनुसारको स्वाद कार्यक्रम अगाडी ल्याईएको होटल पौवाका प्रमुख संचालन अधिकृत कृष्ण गौतमले बताए ।

होटल पौवाले कर्णाली प्रदेशको जुम्ला सहित लुम्बिनी प्रदेशको दाङ, कपिलवस्तु, रुपन्देही, पाल्पा र गुल्मीमा गरि ८ वटा शाखा संचालन गर्दै आएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी भालुबाङमा फागुन महिना सम्ममा सुबिधा सम्पन्न होटल संचालनमा ल्याउने तयारीमा रहेको होटल पौवाका प्रबन्धनिर्देशक विष्णु ज्ञवालीले बताए ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  १० : ३९ बजे

क्यानडामा विदेशी नागरिकलाइ सन् २०२७ सम्म घर किन्न प्रतिबन्ध

क्यानडा । विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको

बुटवलमा आज जितगढी विजय उत्सव मनाइँदै

बुटवल । आज बैशाख ७ गते । अर्थात बुटवलको जितगढीमा

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज

भारतमा लोकसभा निर्वाचनका लागि मतदान सुरू, पहिलो चरणमा १२० सिटका लागि मतदान

नयाँ दिल्ली । लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा