४ चैत्र २०८२, बुधबार | March 18, 2026

अस्थायी मोटरेबल पुल निर्माण



लमजुङ । यहाँका स्थानीयले जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका वडा नं ४ स्यागे र वडा नं ५ घेर्मुलाई जोड्ने अस्थायी मोटरेबल काठको पुल निर्माण गरेका छन् ।

स्यागेका समाजसेवी नरबहादुर गुरुङको विशेष सक्रियतामा पुल निर्माण भएको हो । नवनिर्मित पुलको समाजसेवी स्थानीय स्व.मुक्तबहादुर गुरुङका श्रीमतीद्वय कुमालेस्यो र दिलमाया गुरुङले आइतबार संयूक्त रुपमा पुलको उद्घाटन गर्दै गाउँगाउँमा उत्पादित तरकारी बजारसम्म लैजानका लागि सहज हुनुका साथै गाउँगाउँमा समेत आम्दानी भित्र्याउन सकिने बताए ।

गाउँमा बिरामी परेको बेलामा एम्बुलेन्ससमेत सहज रुपमा आउन सक्ने भएकाले स्थानीयहरुलाई धेरै फाइदा पुग्ने उनीहरुको भनाइ छ । त्यस्तै समाजसेवी नरबहादुर गुरुङले भने, “हामीलाई वारपार गर्न कठिन भएकाले स्थानीय सबै मिलेर पुल निर्माण गर्न सक्यौँ ।

यो स्थायी नभएकाले वर्षातमा बाढीले लैजाने खतरा भने रहेकोछ ।” केही समयका लागि भएपनि यस पुलले ती दुई वडाका स्थानीय सजिलैसँग वारपार गर्नुका साथै सवारी साधनमा यात्रा गर्न सहज भएको उनको भनाइ छ ।

पुल बनाउन कूल रु ४ लाख ६६ हजार १६ मा सङ्कलन भएको स्थानीयको भनाइ छ । पुल निर्माण उपभोक्ता समितिका सचिव घनश्याम घलेले सङ्कलित सो रकम मध्ये रु २ लाख ७८ हजार १५ पुल निर्माणमा खर्च भएको बताए । घेर्मु गाउँमा पहिलो पटक मोटर पुग्दा स्थानीय निकै हर्षित भएका छन् । रासस

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ७ : ४७ बजे

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली । कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका

बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु

हावाहुरीले छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या

भोजपुर । हावाहुरीका कारण ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन