२३ श्रावण २०८३, शनिबार | August 8, 2026

तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान हुँदै



हेटौंडा । वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्नेसहित तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको बताएका छन्।

हेटौँडा–वीरगञ्ज सडकखण्डमा पर्ने चुरियामाई मन्दिर परिसरमा रहेको १०४ वर्ष पुरानो २०० मिटर सुरुङ मार्ग निरीक्षणका क्रममा मन्त्री फुयाँलले सो जानकारी दिएका हुन । मन्त्री फुयाँलले काठमाडौंको बूढानीलकण्ड र गोकर्णेश्वर–बालुवाताल तथा मकवानपुरको भीमफेदी–कुलेखानी पोष्टबहादुर बोगटी सुरुङ मार्ग निर्माणका लागि बजेट विनियोजित गरिसकेको बताए ।

उहाँले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले तीनै सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्ने क्रममा कानूनी प्रक्रिया पूरा गरिरहेको र केही दिनभित्रै सूचना प्रकाशित गरिने जानकारी दिए । मन्त्री फुयाँलले प्रदेशका जनतामा विकासप्रतिको भरोसा दिलाउन इञ्जिनीयर प्राविधिकलाई इमान्दारीका साथ काम गर्न निर्देशन दिए ।

उनले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयद्वारा केही दिनअघि पदपूर्तिको लागि दिइएको प्रयोगात्मक परीक्षामा उत्तीर्ण भएका २२ इन्जिनीयरलाई स्वागत गरे ।

मन्त्री फुयाँलले हेटौँडा उपमहानगरपालिका–१५ स्थित राणाकालमा निर्मित १०४ वर्षीय पुरानो सुरुङ मार्गको स्थलगत अवलोकन गरेका थिए ।

यसै आर्थिक वर्षभित्र उक्त पुराना सुरुङमार्गलाई सञ्चालन गर्न सम्भाव्यता प्राविधिक सर्वेक्षण भइरहेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  १२ : ४१ बजे

जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ

नवलपरासी । जालसाजीको अभियोगमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष

कांग्रेस पदाधिकारी बैठक बस्दै, केन्द्रिय समितिको एजेन्डा तय गर्ने

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी बैठक बस्दैछ । केन्द्रीय कार्यालय,

युवा आन्दोलनले बढायो मोदी सरकारमाथि दबाब

नयाँदिल्ली । युवा नेतृत्वको विरोध प्रदर्शनका कारण भारतका शिक्षामन्त्रीले राजीनामा

एनपिएलको आगामी सिजन हरमितको कप्तानीमा खेल्दै जनकपुर बोल्ट्स

काठमाडौं । अमेरिकी अलराउन्डर हरमित सिंहले आगामी सिजनको नेपाल प्रिमियर

प्रधानमन्त्रीको एकपछि अर्को स्टाटस : नियत सफा र जिम्मेवारीप्रति इमान्दार भए सुधार सम्भव

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले वर्षौंदेखि बन्द तथा घाटामा रहेका