१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

सेयर बजार : ३० खर्ब ५४ अर्ब पुग्यो बजार पूँजीकरण



काठमाडौ । हरेक दिन नयाँ–नयाँ रेकर्ड राख्दै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ ।

नेप्सेको वृद्धिसँगै नेपालको शेयर बजारको इतिहासमा आज हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस्तै बजार पूँजीकरण पनि रु साढे ३० खर्बको हाराहारीमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २८.३१ बिन्दुले उकालो लागेर दुई हजार २६७.७३ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८९ ले वृद्धि भई ४३३.२८ मा पुगेको छ । कूल २०२ कम्पनीको एक करोड ३५ लाख ३१ हजार २२७ कित्ता शेयर रु चार अर्ब ९८ करोड २३ लाख ९१ हजार ८९७ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेमा देखिएको दोहोरो अङ्कको वृद्धि पछि आज कूल बजार पूँजीकरण रु ३० खर्ब ५४ अर्ब ५३ करोड ८८ लाख ३० हजार पुगेको छ । मुलुकको कूल ग्राहस्थ उत्पादन र बजार पूँजीकरणको आकार करिब–करिब उस्तै हुने क्रममा पुगेको छ ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । व्यापार १५.४ ले ओरालो लाग्दा बैंकिङ १४.५४, होटल ९.९३, विकास बैंक १९.४, जलविद्युत् ६०.९१, वित्त २३.१४, निर्जीवन बीमा २७३.२७, उत्पादन ६.८९, अन्य ६.४८, लघुवित्त ५३.१९, जीवन बीमा ३७६ र सामूहिक लगानी कोष ०.१ विन्दुले उकालो लागेको छ । कारोवारका आधारमा आज प्रिमियर इन्स्योरेन्स शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु २९ करोड छ लाख ३४ हजार ४७० बराबरको कारोबार भई शीर्षस्थानमा रहे ।

यस्तै, प्रभु बैंक रु १६ करोड आठ लाख ६५ हजार ६६७, माथिल्लो तामाकोशी रु १५ करोड ७१ लाख १३ हजार ८८२, नेपाल लाइफ इन्स्योरेन्स रु १५ करोड ५५ लाख ८१ हजार २३३, नेशनल लाइफ इन्स्योरेन्स रु १४ करोड ९७ लाख २२ हजार ५३१, सिभिल बैंक रु १४ करोड एक लाख ३० हहजार ८४१, नेपाल पुनर्बीमा कम्पनी रु १३ करोड २२ लाख ७६ हजार , एनआइसी एशिया बैंक रु १२ करोड ३८ लाख ३३ हजार ४२०, नेपाल दूरसञ्चार कम्पनी रु १२ करोड २२ लाख ८० हजार ५३० र लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले रु १० करोड तीन लाख ३४ हजार १४९ बराबरको कारोवार गर्दै शीर्षस्थानमा रहे ।

कारोवार भएका कम्पनीहरुमध्ये १२९ कम्पनीको शेयर उकालो लागेको छ । यस्तै ३२ कम्पनीको शेयर ओरालो लाग्दा १५ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएन । कारोवारका आधारमा आइएमई जनरल इन्स्योरेन्स १०, आरम्भ चौतारी लघुवित्त ९.९८, कर्पोरेट डेभलपमेन्ट बैंक ९.९३, युनाइटेड फाइनान्स ९.९०, माथिल्लो तामाकोशी ९.८९, प्रभु लाइफ इन्स्योरेन्स ९.७८, समृद्धि फाइनान्स ९.७०, गुर्खाज फाइनान्स ९.०५, नारायणी डेभलपमेन्ट बैंकका शेयरधनीले ८.५१ प्रतिशतले गुमाए ।

यसैगरी नेपाल हाइड्रो ३.७८, प्रिमियर इन्स्योरेन्स २.२९, सिभिल लघुवित्त २.२२, एनएमबी पचास १.८६, तारागाँउ रिजेन्सी होटल १.६३, युनिलिभर नेपाल १.४२, नेपाल फाइनान्स १.२१ र आरएमडिसी लघुवित्तका लगानीकर्ताले १.२० प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ६ : ०३ बजे

जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आह्वान

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको नियुक्तिबारे

ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोखरेलको मृत्यु

नवलपरासी । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका रुपन्देहीका पत्रकार पोषकान्त

सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी

सप्तरी। सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका

जुरेढुङ्गा ओझेलमा

रसुवा । आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि

UN extends LDC graduation timeframe for Nepal and Bangladesh

Kathmandu, Oct 30: The United Nations General Assembly has unanimously