१२ बैशाख २०८१, बुधबार | April 24, 2024

केपी ओली राजनीतिक जोक्कर बने : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक जोक्करको संज्ञा दिएका छन् ।

काठमाडौंको प्रज्ञा भवनमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्षले प्रचण्डले केपी ओलीले जोक्करले जस्तो छलछाम गर्ने र प्रहसन गर्ने मात्रै काम गरेको बताएका हुन् ।

प्रचण्डले ओलीमा अलिकति पनि लाज नभएको जिकिर गरे । झुठो कुरा भन्ने र आम जनतालाई छक्याउने विचित्रको क्षमता ओलीमा रहेको भन्दै प्रचण्डले ढाँट्नका लागि उनी माहिर रहेको बताए । यसले ‘विछिप्त मानसिकताको उपज हो कि भनेर किन प्रश्न गर्ने अवस्था आएको उनको आरोप छ ।

प्रचण्डले आफुहरुलाई ओलीले भगौडा भनेकोमा व्यंग समेत गरे । उनले भने, ‘उहाँले हामीलाई भगौडा भन्नुभएछ। ३० प्रतिशत पनि नभएको रैनाथे, ७० प्रतिशत हुने भगौडा हुने ?  बैठक बसौं भन्दा बस्न नमान्ने, अनि बैठक छोडेर विधान मिचेर निरंकुश तरिकाले पार्टीलाई लात हानेर भाग्ने चाहीँ भगौडा नहुने ?’ प्रचण्डले अहिले ओली समूहले प्रहसन र कमेडी शो गरेको समेत आरोप लगाए ।

प्रचण्डले निर्वाचन आयोगबाट पार्टीको नाम र सूर्य चिन्ह आफुहरुले नै पाउने विश्वास व्यक्त गरे । उनले निर्वाचन आयोगले केपी ओलीले जस्तै संविधान, विधान र कानून नमिच्ने विश्वास व्यक्त गर्दै ओलीको प्रभावले आयोगले गलत निर्णय गरेमा आँधीबेहरी आउने चेतावनी समेत दिए ।

अध्यक्ष प्रचण्डले जनताले ७० वर्षदेखि गरेको संघर्ष उपलब्धिलाई प्रधानमन्त्री ओलीले खोसेको बताए। ओलीका कारण राजनीतिक आन्दोलनको उपलब्धिका रुपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान धरापमा परेकोा बताए ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ३ : १७ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको