६ श्रावण २०८३, बुधबार | July 22, 2026

शाइन रेसुङ्गा बैंकको १२ औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित,अध्यक्षमा थानेश्वर पौडेल सर्वसम्मत चयन



बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको १२ औं वार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ । कालिकानगरस्थित बैंकको नवनिर्मित आफ्नै भवनमा सम्पन्न साधारण सभाले नयां सञ्चालक समिति सदस्य र अध्यक्ष सर्वसम्मत चयन गरेको छ ।

आगामी चार वर्षका लागि बैंकको सञ्चालक समिति अध्यक्षमा थानेश्वर पौडेल चयन भएका छन् । यस्तै सञ्चालक सदस्यहरुमा संस्थापक शेयरधनीबाट डा. ताराप्रसाद उपाध्याय, इ. सुरज उप्रेती र शर्मिला श्रेष्ठ तथा सर्वसाधारण शेयरधनीबाट मोहन चापागाई र विरेन्द्र विष्ट चयन भएका छन् । श्रेष्ठ र विष्ट नयाँ सञ्चालक हुन् ।

एकजना विज्ञ (स्वतन्त्रं) सञ्चालक सदस्य पछि चयन गरिने छ । साधारण सभामा बोल्दै बैंकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले शाइन रेसुङ्गा लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैंकका रुपमा छुट्टै पहिचान स्थापित गरेको बताए ।

बैंकको शेयर पूँजी ३ अर्ब १ करोड ६३ लाख ४ हजार रुपैया निक्षेप ३२ अर्ब २९ करोड २४ लाख र कर्जा लगानी २७ अर्ब ११ करोड ५३ लाख रहेको छ ।

२०७७ असार मसान्तसम्म बैंकको चुक्ता पूँजी ३ अर्ब १ करोड ६३ लाख ४० हजार रहेकामा कूल सञ्चित वितरणयोग्य मुनाफाबाट १३ प्रतिशतले हुने रकम रु. ३९ करोड २१ लाख २४ हजार बोनश शेयर वितरणका लागि साधारणसभामा प्रस्ताव गरिएकोमा पारित भएको छ ।

बोनश शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी ३ अर्ब ४० करोड ८४ लाख पुग्ने छ । बैंकको कूल सम्पत्तिमा गत वर्ष भन्दा ६४.३० प्रतिशतले बृद्धि भई ३५ अर्ब २६ करोड ९४ लाख पुगेको छ भने कूल निक्षेपमा गत वर्ष भन्दा ६१.७६ प्रतिशतले बृद्धि भई ३० अर्ब ५८ करोड ९६ लाख पुगेको छ ।

यस्तै कूल कर्जा तथा सापटमा गत वर्ष भन्दा ५४.२३ प्रतिशतले बृद्धि भई २५ अर्ब २ करोड ८२ लाख पुगेको छ । बैंकको खुद मुनाफामा गत वर्ष भन्दा १.९८ प्रतिशतले बृद्धि भई ४२ करोड ६७ लाख ४७ हजार रुपपैया पुगेको छ । हाल ७१ वटा शाखा र एक एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिइरहेको बैंकले निकट भविष्यमै संघीय राजधानी काठमाडौंसहित सुदूर पश्चिम प्रदेशमा पनि शाखा सञ्जाल विस्तार गर्ने तयारी गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ६ : ३० बजे

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले