२० मंसिर २०८२, शनिबार | December 6, 2025

ट्रम्पविरूद्धको महाअभियोग अमेरिकी तल्लो सदनबाट दोस्रो पटक पारित



काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभ्सले दोस्रो पटक महाअभियोग पारित गरेको छ ।

एकै कार्यकालमा दोस्रो पटक महाअभियोग झेल्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुन ।

कार्यकाल सकिन एक हप्ता पनि बाँकी नरहँदा तल्लो सदनबाट पारित भएको यो प्रस्तावलाई माथिल्लो सदन सिनेटले पनि पास गरेमा उनको बहिर्गमन लज्जास्पद हुनेछ । सिनेटमा दुई तिहाइ मतले पारित भएमा ट्रम्प राष्ट्रपति पदबाट जनवरी २० अगावै बर्खास्त हुनेछन् । जनवरी २० मा नवनिर्वाचित राष्ट्रपति जो बाइनडेनले सत्ता सम्हाल्दै छन ।

ट्रम्पविरुद्ध यही जनवरी ६ मा अमेरिकी संसद् भवन (क्यापिटल हिल) भित्र भएको हिंसाको उक्साहटको अभियोग लगाइएको छ । क्यापिटल हिलमा भएको सो हमलामा एक प्रहरीसहित पाँच जनाको मृत्यु भएको थियो ।

डेमाक्र्याटिक पार्टीका सांसदले गत सोमबार तल्लो सदनमा दर्ता गरेको महाभियोग प्रस्तावलाई २३२ मतले पारित गरेको बीबीसीले जनाएको छ । ट्रम्पकै पार्टी रिपब्लिकनका १० सांसदले पनि महाभियोगका पक्षमा मतदान गरेको सभामुख न्यान्सी पेलोसीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसआधारमा १९७ जना रिपब्लिकन सांसद मात्र महाभियोगको विपक्षमा थिए । यसअघि सन् २०१९ डिसेम्बरमा पनि ट्रम्पविरुद्ध महाभियोग लगाइएको थियो । उक्त प्रस्ताव सिनेटबाट अस्वीकृत भएपछि उनी महाभियोगबाट जोगिएका थिए ।

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ७ : ३२ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले