४ चैत्र २०८२, बुधबार | March 18, 2026

ट्रम्पविरूद्धको महाअभियोग अमेरिकी तल्लो सदनबाट दोस्रो पटक पारित



काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभ्सले दोस्रो पटक महाअभियोग पारित गरेको छ ।

एकै कार्यकालमा दोस्रो पटक महाअभियोग झेल्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुन ।

कार्यकाल सकिन एक हप्ता पनि बाँकी नरहँदा तल्लो सदनबाट पारित भएको यो प्रस्तावलाई माथिल्लो सदन सिनेटले पनि पास गरेमा उनको बहिर्गमन लज्जास्पद हुनेछ । सिनेटमा दुई तिहाइ मतले पारित भएमा ट्रम्प राष्ट्रपति पदबाट जनवरी २० अगावै बर्खास्त हुनेछन् । जनवरी २० मा नवनिर्वाचित राष्ट्रपति जो बाइनडेनले सत्ता सम्हाल्दै छन ।

ट्रम्पविरुद्ध यही जनवरी ६ मा अमेरिकी संसद् भवन (क्यापिटल हिल) भित्र भएको हिंसाको उक्साहटको अभियोग लगाइएको छ । क्यापिटल हिलमा भएको सो हमलामा एक प्रहरीसहित पाँच जनाको मृत्यु भएको थियो ।

डेमाक्र्याटिक पार्टीका सांसदले गत सोमबार तल्लो सदनमा दर्ता गरेको महाभियोग प्रस्तावलाई २३२ मतले पारित गरेको बीबीसीले जनाएको छ । ट्रम्पकै पार्टी रिपब्लिकनका १० सांसदले पनि महाभियोगका पक्षमा मतदान गरेको सभामुख न्यान्सी पेलोसीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसआधारमा १९७ जना रिपब्लिकन सांसद मात्र महाभियोगको विपक्षमा थिए । यसअघि सन् २०१९ डिसेम्बरमा पनि ट्रम्पविरुद्ध महाभियोग लगाइएको थियो । उक्त प्रस्ताव सिनेटबाट अस्वीकृत भएपछि उनी महाभियोगबाट जोगिएका थिए ।

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ७ : ३२ बजे

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका-२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

काठमाडौंमा आज घोडेजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको