१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

अक्सफोर्डमा ‘आईएसए’ परियोजना कार्यक्रम प्रदर्शन



बुटवल । बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले ईन्टरनेशनल स्कुल अवार्ड (आईएसए) परियोजना कार्यक्रम प्रदर्शन गरेका छन ।

परियोजना प्रदर्शन कार्यक्रममा विद्यार्थीहरुले समाजिक तथा शैक्षिक गतिविधिबारे तयार पारेका सामाग्रीहरु विद्यालयमा प्रदर्शन गरेका थिए । अक्सफोर्डले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विश्वको जुनसुकै कुनाका नागरिकसँग हेलमेल हुनेसक्ने वातावरण सृजना गर्न आईएसए प्रोजेक्ट लगायतका कार्यक्रमहरु संचालन गर्दै आएको विद्यालयका प्राचार्य दिनेश भुषालले जानकारी दिए ।

आईएसए परियोजनाले विद्यार्थीलाई सामाजिक घुलनमिलनको सीप सिकाउनुका साथै विद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोगि सावित हुने भुषालले बताए ।

परियोजनाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख मित्रमणि खनालले विद्यार्थीहरुलाई दिगो विकास लक्ष्य हासिल गर्न विद्यालय स्तरमा सिकाई स्तरलाई बढाउनु पर्ने बताए ।

उनले स्थानीय पाठ्यक्रमलाई समेत जोडेर विभिन्न परियोजनाहरू तयार पार्दै शिक्षण सिकाई क्रियाकलाप गर्दा दिगो सिकाइ हुने र विद्यार्थीहरूमा सिकाइप्रति रुचि बढ्ने विश्वास ब्यक्त गरे ।

विद्यार्थीले प्रशर्दन गरेको आईएसए प्रोजेक्ट कार्यक्रमको अवलोकनपछि बुटवल उपमहानगरपालिकाका सामाजिक विकास शाखा प्रमुख रामप्रसाद अर्याल, त्रिभुवन विश्वविद्यालयका पूर्व सह-परीक्षा नियन्त्रक पशुपति अधिकारी, हिसान रूपन्देही अध्यक्ष कृष्णप्रसाद पौडेल, सिद्धेश्वरी लालकुमारी माविका प्राचार्य गोपीकृष्ण भण्डारी, अक्सफोर्ड टोल विकास संस्थाका अध्यक्ष विष्णुहरि पाण्ड, परियोजनाका संयोजक यशु भुसाल लगायतले आईएसए जस्ता सिर्जनशील गतिविधिका प्रदर्शन लगायतका कार्यक्रमले बालबालिकामा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन हुने तथा विद्यालयले पनि अन्तर्राष्ट्रिय मान्यता पाउने हुँदा यस्ता परियोजनाको उपादेयता विशिष्ट रहेको धारणा राखे । सोही अवसरमा विद्यालयले दोस्रो त्रैमासिक नतिजा समेत प्रकाशन गरेको छ ।

अनलाईन (भर्चुअल) तथा फिजिकल रुपमा कक्षासँचालन गर्दै आएको आक्सफोर्डले हालै संचालन गरेको प्रावि, निमावि र माविको त्रैमासिक परीक्षाको नतिजा प्रकाशन गरेको विद्यालयका शिक्षक लक्ष्मण घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ९ : ०३ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग