१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

भारतमा कोरोना विरुद्धको महाखोप अभियान सुरु, उदघाटनमै भावुक बने भारतीय प्रधानमन्त्री मोदी



एजेन्सी । बिश्वकै ठूलो खोप अभियान दाबी गरेको भारतले आजबाट कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ।

भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गरेका छन्। उदघाटनका क्रममा निकै भावुक देखिएका मोदीले कोरोना संक्रमणबाट मृत्यु भएका आफ्ना नागरिकको स्मरण गरेका थिए । प्रधानमन्त्री मोदीले भर्चुअल सम्बोधन गर्दै सेवामा खटिएकै क्रममा मृत्यु भएका भारतका तमाम डाक्टर, नर्स, पैरामेडिकल स्टाफ, एम्बुलेन्स चालक, सफाई कर्मचारी, प्रहरी सहित सबै फ्रंटलाइन कामदार प्रति श्रद्धान्जली अर्पण गरे ।

उनले महामारीका बेला काखका बच्चाहरु आमासँग छुट्टीएर बस्नु परेको, अफन्तले बिरामीको सेवा गर्न नसकेको र दाहसंस्कारमा समेत सामेल हुन नसकेको अवस्थाको स्मरण गर्दै कोरना विरुद्धको खोपले त्यो दिनको अन्त्यहुने आशा पलाएको बताए

भारत सुरकारले सुरु गरेको खोप अभियानअन्तर्गत सवैभन्दा पहिला कोरोनाविरुद्धको लडाईमा अग्रपक्तिमा खटिएकाहरुलाई खोप लगाउने मापदण्ड बनाइएको छ । खोपका लागि एकिकृत बालविकास सेवाका कर्मचारीसहित सरकारी तथा नीजि क्षेत्रका स्वास्थ्यकर्मीहरुलाई सवैभन्दा पहिलो प्राथमिकतामा राखिएको छ।
अग्रपंक्तिका सेवाप्रदायकसहित पहिलो चरणमा झण्डै तीन करोड नागरिकलाई खोप लगाउने भारतीय सरकारको तयारी छ।

खोप लगाउनका लागि देशभरी तीन हजार ६ ठाउँमा खोप केन्द्रको व्यवस्था गरिएको र ती सवै भर्चुअल माध्यमबाट एक अर्कामा सम्पर्कमा रहने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन्। आज पहिलो दिन हरेक खोप केन्द्रमा सय जनाको दरले खोप लगाउन सक्ने जनाइएको छ।

दैनिक विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोप सेवा उपलब्ध गराइने केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्ष बर्धनले जानकारी दिए।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ३ : ०६ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’