९ भदौ २०८३, मंगलबार | August 25, 2026

पर्वतारोहणमा नयाँ इतिहास : नेपाली १० आरोहीद्वारा हिउँदेयाममा ‘माउन्ट केटु’को सफल आरोहण



काठमाडौं । नेपालका पर्वतारोहीहरूले हिउँदेयाममा विश्वकै दोस्रो अग्लो हिमालको सफल आरोहण गर्न सफल भएका छन् । १० जना नेपाली पर्वतारोहीले पाकिस्तानमा रहेको माउन्ट केटु को सफल आरोहण गरेका हुन् ।

अहिलेसम्म हिउँदे सिजनमा कसैले आरोहण गर्न नसकेकोमा नेपाली पर्वतारोहीले इतिहास रचेको रेडियो पाकिस्तानले ट्वीटमार्फत जनाएको छ ।

नेपालका १० जना पर्वतारोहीले शनिबार पाकिस्तानस्थित केटु हिमालको आरोहण गरी इतिहास रचेका छन् ।

माउन्ट केटु को उचाई ८ हजार ६११ मिटर रहेको छ । आठ हजार मिटरभन्दा माथिका अन्य सबै हिमालमा हिउँदमा पनि आरोहण भैसकेको छ ।

सेभेन समिट ट्रेक्सका छाङ दावा शेर्पाको नेतृत्वमा रहेको सो आरोहण टिम पाकिस्तान पुगेको थियो । तर उनी भने आधार शिविरमा बसेका थिए ।

पाकिस्तानको समय बिहान ५:४५ मिनेटमा आरोहण गरेको थियो ।

आरोहण टिमका सदस्यहरूमा दावा तेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा, निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, सोना शेर्पा रहेका छन् ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ८ : २० बजे

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन

नाडाको उद्घाटन गर्दै उपराष्ट्रपतिले भने – अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

१५औँ महाधिवेशन रोक्न देउवा र खड्काद्वारा सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै