१ पुस २०८२, मंगलबार | December 17, 2025

बाँकेमा थप १ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । मंगलबार बिहान थप १ जना संक्रमित पुरुषको मृत्यु भएसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

गत पुस २८ गते कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा उपचार गराईरहेका नेपालगंज-१ धम्बोजी निवासी ४९ वर्षीय संक्रमित पुरुषको भेरी अस्पताल नेपालगंजमा आज भर्ना गरेको १० मिनेटमै मृत्यु भएको कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

फोकल पर्सन ओलीका अनुसार पिसिआर परिक्षणमा पुस २८ गते आएको रिपोर्टमा कोरोना पुष्टी भएको थियो । कोरोना पुष्टी भएपश्चात पछी निजको स्वास्थ्य अवस्था सामान्य रहेकोले स्वास्थ्यकर्मीको सल्लाहमा नै होम आइसोलेसनमा रोखिएकोमा आज स्थास्थ्यमा थप समस्या देखिएपछि बिहान ६ बजे भेरी अस्पताल लगिएको थियो । बेहोस अवस्थामा अस्पताल पुगेको केहिबेरमा नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

हाल जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँके, नेपाली सेना र पारिवारिक पक्षबाट शव व्यवस्थापनका लागि समन्वय भइरहेको फोकलपर्सन ओलीले बताए ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ११ : ४९ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष