१ पुस २०८२, मंगलबार | December 17, 2025

ओलीसँग तत्काल एकताको सम्भावना छैन, पाँच सात वर्ष पछि के हुन्छ भन्न सकिन्न : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं नेकपाकै अध्यक्ष केपी शर्मा ओलीसँग तत्कालै एकताको सम्भावना नरहेको बताएका छन् ।

काठमाडौंमा बुधबार बिहान सम्पादकहरुसँगको अन्तक्र्रियामा बोल्दै अध्यक्ष प्रचण्डले ओलीले सार्वजनिक रुपमा गल्ती स्वीकार नगरेसम्म उनीसँग एकताको सम्भावना नरहेको बताएका हुन् । तर ओलीले आत्मालोचना गर्ने र गल्ती स्वीकार गर्ने सम्भावना नरहेको पनि प्रचण्डले बताए । पाँच सात वर्ष पछि के हुन्छ भन्न सकिन्न, तर अहिल्यै अब ओलसँग एकता हुन नसक्ने उनले स्पष्ट पारे ।

केपी ओलीलाई सहमति पालना गराउन र विधि पद्धतिमा हिँडाउन नसक्नुमा आफूहरुको कमजोरी भएको भन्दै प्रचण्डले त्यसप्रति आत्मआलोचना समेत गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई दुर्घटनातिर लैजान खोजेकाले आफूमा केही आवेग आएको पनि प्रचण्ड बताए । अलिकति आवेगमय त हुनै पर्‍यो भन्न खोजेको हो । उनले भने, ‘तर, मैले त्यसो भन्दै गर्दा शान्तिपूर्ण प्रतिस्पर्धात्मक प्रणालीको प्रतिबद्धता पनि सँगसँगै जोडेको थिएँ । ‘शाकाहारी’ शब्दको गलत व्याख्या हुँदा केही कन्फ्यूजन ल्याएको छ भन्ने महसुस मलाई भएको छ । ’

अध्यक्ष प्रचण्डले आफुहरु प्रधानमन्त्री पदका लागि मरिहत्ते गर्ने खालको मान्छे नभएको बताए । उनले भने, ‘हामी प्रधानमन्त्रीका लागि मरिहत्ते गर्ने मान्छे होइनौँ,’ उनले भने,‘ यो भन्दा बढी व्याख्या म गर्न चाहन्नँ । तपाईंहरुले देखिराख्नु भएकै छ । ’

अध्यक्ष प्रचण्डले देशमा ओलीले यति ठूलो दुर्घटना निम्त्याउलान भन्ने आफुले पहिला नसोचेको बताए ।

 

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ११ : ४८ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष