२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

रुपन्देहीमा एकजना पुरुषको आगो लगाई हत्या



बुटवल । रुपन्देहीको मर्चवारमा एक जनाको आगोमा जलाएर हत्या भएको छ। अन्दाजी ३५ वर्षका पुरुषको जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मायादेवी गाउँपालिका ७ गरकट्टी स्थित दानव नदीको किनार नजिकै खेतमा आगो लगाएर जलेको शव फेला परेको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खेतमा फेला परेको शव आंशिक रुपमा जलेको छ। घटनास्थलमा रगत र प्लाष्टिकको पाइप पनि भेटिएको छ।

घटनामा संलग्न दोषीको पहिचान हुन नसेकाले नेपालगञ्जबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान शुरु गरिएको रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए । शवको सनाखतका लागि १ सय भन्दा बढी स्थानीयलाई बोलाएपनि सनाखत हुन नसकेको उनले बताए।

शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको छ भने घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ३ : २१ बजे

एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल मनोनित

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सचिव पद्माकुमारी अर्याललाई संसदीय

धम्कीबाट विचलित नभै ट्रेड युनियन अधिकारको पक्षमा उभिन भवानी दाहालको आह्वान

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी न्यौपाने दाहालले

हात्तीसारमा जन्मिए चार छावा

चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र

विश्वकप क्रिकेट लिग दुई : स्कटल्याण्डले ब्याटिङ गर्दै

काठमाडौं । विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको

रास्वपा केन्द्रीय समिति बैठक बुधबार

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न समसामयिक विषयमा