१६ बैशाख २०८१, आइतबार | April 28, 2024

रवि लामिछाने न्युज २४ टेलिभिजनबाट बाहिरिए



काठमाडौं । चर्चित कार्यक्रम ‘सीधा कुरा जनतासँग’ का सञ्चालक रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेकाे घाेषणा गरेका छन ।
फेसबुकमार्फत लामिछानेले भोलिबाट न्यूज २४ बाट विश्राम लिएको जानकारी गराएका छन ।

कार्यक्रम ‘सिधा कुरा जनतासँग’ मार्फत जनजनको मनमा बस्न सफल प्रस्तोता लामिछाने निकट भविष्यमा प्रसारण हुने अर्को टेलिभिजनमार्फत अगाडि आउने स्रोतले बताएको छ ।

भोलि प्रसारण हुने कार्यक्रमसँगै न्यूज टेलिभिजनसँगको सुखद सहयात्राबाट विश्राम लिएको भन्दै उनले सबैलाई धन्यवाद दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘भोलि प्रशारण हुने कार्यक्रमसँगै न्युज २४ टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछौ । यो साथ, सहयोग र अवसरका लागि सम्पुर्ण न्युज २४ परिवार सहित अध्यक्ष आदरणीय अनिल जोशी ज्यु तथा निर्देशक अदिश जोशी ज्यु प्रति आभार व्यक्त गर्दछु ।

मलाई विश्वास गरि मार्गदर्शन समेत गर्नु हुने आदरणीय निर्मल राज पौडेल र निता पौडेल तथा सम्पुर्ण वेलकम ग्रुप प्रति विशेष आभार व्यक्त गर्दछु ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ९ : ३६ बजे

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा