१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

महान्यायाधिवक्ता कार्यालयसँग इजलासले माग्यो प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना



काठमाडौं । राष्ट्रपतिले गरेको संसद विघटनसम्बन्धी विषय नेपाल राजपत्रमा प्रकाशित नभएको भन्दै वकिलहरुले प्रश्न उठाएपछि संवैधानिक इजलासले महान्यायाधीवक्ता कार्यालयसँग राजपत्र प्रकाशित भएको सूचना माग गरेको छ ।

इजलाससले राजपत्रमा संसद विघटनको सूचना प्रकाशित भए नभएको निश्चित गर्न सूचना झिकाउने भएको हो ।

बिहीबार रिट निवेदकको तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई र अधिवक्ता ओमप्रकाश अर्यालले विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको भन्दै त्यो असंवैधानिक भएको जिकिर गरेका थिए ।

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले नायब नायब महान्यायाधीवक्ता पदम पाण्डेसँग राजपत्रको सूचना उपलब्ध गराउन भनेका छन् ।

अधिवक्ता ओमप्रकाश अर्यालले बहसका क्रममा प्रतिनिधिसभा विघटनको निर्णय राष्ट्रपति कार्यालयको वेबसाइटमा मात्रै रहेको तर राजपत्रमा प्रकाशित नगरिएको बताएका थिए ।

 

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  ३ : ३८ बजे

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ । गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ