८ बैशाख २०८१, शनिबार | April 20, 2024

राजा महाराजालाई तह लगायौं, ओलीलाई तह लगाउन सकेनौं : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई तह लगाउन नसकेकोमा आत्मालोचना गरेका छन् ।

प्रचण्डनेपाल पक्षीय नेकपाद्वारा काठमाडौंमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तीन वर्षसम्म ओलीलाई तह लगाउन नसकेकोमा आत्मालोचना गरेका हुन् ।

प्रचण्डले विभिन्न उपायहरु लगाउँदा पनि ओलीलाइ सच्चाउन नसकेको स्वीकार गर्दै वाम गठबन्धनको घोषणाअनुसार काम गर्न नसकेको बताए ।

प्रधानमन्त्री पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्ति रहेका कारण घोषणापत्रअनुसारको काम अघि नबढेको उनले बताए । यद्यपी, आफुहरुको प्रयासभने सुरु देखि नै कार्यान्वयन गराउने मै रहेको उनको भनाइ थियो ।

सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘सत्ता प्राप्तपछि सहमतिअनुसार एउटा पनि काम नगर्ने लक्षण देखिएको थियो । हामीले त्यसका विरुद्ध बहस गरेका थियौ । आज के भन्न चाहन्छु भने हामीले यो तीन वर्षमा केपीलाई तह लगाउन सकेनौं । केपीलाई सम्झाई–बुझाई गरेर उदारतापूर्व उहाँका कतिपय कुरा मान्दा देश अगाडि जाने हो कि भनेर सोच्यौं । त्यो तरिकाले केपी ओली प्रवृत्तिलाई ठिक गर्न सकिने रहेनछ ।’

उनले राजा महाराजालाई फाले पनि ओली विरुद्ध उदार रुपमा प्रस्तुत हुनु नै आफुहरुको कमजोरी भएको स्वीकार गरे ।

ओलीले प्रतिनिधि सभा मात्र नभई शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोजेको आरोप लगाए । प्रचण्डले भने, ‘केपी ओलीले संविधानविरुद्ध प्रतिनिधि सभा विघटन गरेको मात्र नभई शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोजेका छन्,’तर त्यस्तो कदमलाई यो जनसागरले त्यसलाई पराजित गर्नेछ।’

सभामा उपस्थिति देखेर सन्तुष्ट देखिएका प्रचण्डले जनसागरलाई अदालतले पनि हेर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ४ : २० बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु