७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

भ्रष्टाचारसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्न एफएनसीसीआई अध्यक्ष गोल्छाको माग



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भ्रष्टाचारसम्बन्धी सर्वेक्षणको प्रतिवेदन छिटो सार्वजनिक गर्न भन्सार विभागसँग माग गरेका हुन् ।

भन्सार विभागले गरेको सर्वेक्षण सराहनीय भएको तर प्रतिवेदन सार्वजनिक नभएको भन्दै छिटो सार्वजनिक गर्न माग गरेका हुन् ।

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आइतबार महासंघको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले विभागले गरेको उक्त सर्वेक्षणमा आफूले पनि सहभागिता जनाउन पाएको तर अहले सम्म प्रतिवेदन हेर्न नपाएको गुनासो गरका हुन् ।

प्रतिवेदन सार्वजनिक भए जनसमुदायमा सकारात्मक सन्देश जाने पनि गोल्छाको भनाइ छ ।

यस्तै भन्सारबाट छुटेको समान राजस्व अनुसन्धान विभागले बाटोमा रोक्ने गरेको गुनासो पनि अध्यक्ष गोल्छाले गरे । यसबाट व्यापारिहरु त्रसित हुने मात्र नभई व्यवसायिक विकृति समेत उत्पन्न हुने खतरा बढेको बताए ।

भन्सार मूल्याङ्कन र वर्गिकरण यथार्थपुरक हुनुपर्नेमा समेत अध्यक्ष गोल्छाले जोड दिए ।

कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीेले सरकार व्यवहारिक रुपमा निजी क्षेत्र मैत्री रहेको बताए ।

निजी क्षेत्रको समस्या सरकारले नसुनिकन र निजी क्षेत्रको आवस्यकता अनुसार कानूनहरु संसोधन नभएसम्म आर्थिक विकासका गतिविधि बढ्न नसक्ने स्पष्ट पारे ।

कार्यक्रममा उद्योगी व्यवसायीहले भन्सार सम्बन्धमा भएका विवाद समाधान गर्न संयन्त्र निर्माण गर्न माग गरेका छन् ।

सरकार र निजी क्षेत्र एक अर्काका परिपूरक भएकाले निजी क्षेत्रको विकास विना मुलुकमा आर्थिक विकास सम्भव नभएको पनि उद्योगी व्यवसायीहरुले बताएका छन् । 

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ७ : ४९ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२