१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

कम्युनिष्ट पार्टीभित्र घुसेका एजेन्टले देशलाई अस्थिरतामा लैजान खोजे : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीभित्र घुसेका एजेन्टहरुले देशलाई अस्थिरतार्फत लैजान खोजेको आरोप लगाएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा २ नं. प्रदेशका नेता कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सामन्तवाद र साम्राज्यवादका एजेन्टहरुले पार्टीभित्र घुसेर देशलाई नै अप्ठेरोमा पार्न खोजेको आरोप लगाएका हुन् । संसद विघटन गरेर प्रतिगमन गरेको भन्दै प्रधानमन्त्री केपी ओलीप्रति आक्रमक बन्दै आएका प्रचण्डले पार्टीमा घुसेका एजेन्टहरुले अग्रगामी संविधानलाई च्यातचुत पारेको भन्दै त्यसविरुद्ध ठूलो संघर्ष गर्नुपर्ने आवश्यकता रहेको बताए ।

रोमानियाका तत्कालिन कम्युनिष्ट नेता एवं राष्ट्रपति निकोलाई चाउचेस्कुसँग ओलीलाई तुलना गर्दै प्रचण्डले ओलीको अन्त्य पनि चाउचेस्कुको जसैगरी हुने ठोकुवा गरे । ओलीले संविधान, लोकतन्त्रलाई च्यातच्युत पारेको आरोप लगाउँदै संविधान भत्काउने दुस्साहस विरुद्ध झन ठूलो क्रान्तिकारी आन्दोलन गर्ने प्रतिवद्धता जनाए ।

प्रचण्डले ओलीले देशलाई सामन्ती निरंकुशतामा लैजान खोजेको भन्दै देशलाई अराजकता र षड्यन्त्रबाट जोगाउन २ नं. प्रदेशले फेरि अग्रमोर्चामा उभिएर प्रतिरोध संघर्ष गर्ने विश्वास व्यक्त गरे । उनले मधेमा भएको वर्गसंघर्ष र किसान संघर्षको स्मरण गर्दै मधेशले ओलीको प्रतिगमन विरुद्ध निर्णायक संघर्षको नेतृत्व गर्ने बताए ।
प्रचण्डले भने ‘यो प्रतिगमनलाई हरहालतमा परास्त गर्नुपर्छ । मधेशी जनजाति, आदिवासी, महिला, किसान सबैका लागि प्रतिगमन विरुद्धको आन्दोलन जीवन मरणको प्रश्न बनेको छ ।’

प्रचण्डले काठमाडौंमा अझ ठुलो आन्दोलन गर्ने जनाए । २३ गते ओलीले पञ्च ¥याली गर्न लागेको भन्दै प्रचण्डले ओलीको भन्दा विशाल प्रदर्शन गर्ने प्रतिवद्धता जनाए । अबको प्रदर्शनले प्रतिगमनकारीको टाउकोमै प्रहार गर्ने प्रचण्डले विश्वास व्यक्त गरे ।

शुक्रबारको जनप्रदर्शनमा मधेशबाट १० हजारको उपस्थिति गर्न निर्देशन दिएकोमा साढे १३ हजारको उपस्थिति भएकोमा सन्तोष व्यक्त गर्दै प्रचण्डले भने ‘अबको प्रदर्शनमा हामी २५ हजार ल्याउनुस भन्छौं । तपाईंहरुले ३० हजार भन्दा बढी जनता फेरि काठमाडौं आउनुहुनेछ । त्यसले प्रतिगमनकारीको टाउकोमै प्रहार गर्नेछ ।’

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ११ : २९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम