८ बैशाख २०८१, शनिबार | April 20, 2024

प्रचण्ड-नेपाललाई ओलीको सुझाव : बेहाल हुनबाट जोगिने हो भने मुलधारमा फर्क !



काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली पक्षका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘बेहाल’ हुनबाट जोगिन पार्टीको मूलधारमा फर्कन नेकपाको अर्को समूहलाई आग्रह गरेका छन् ।

नेकपा निकट आदिवासी जनजाति महासङ्घ नेपालको राष्ट्रिय भेलालाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तोकिएको समयमा निर्वाचन गराएर मुलुकलाई स्थिरतातर्फ अगाडि बढाउन सरकार र पार्टी सक्रिय रहेकाले केही पनि नेता–कार्यकर्ताले बाटो बिराउनु नपर्ने बताएका हुन् ।

कानूनी रुपमा एक देखिए पनि गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेकपा दुई समूहमा विभाजित छ ।

अध्यक्ष ओलीले पार्टीको हालको विवाद ‘नक्कली’ भएको र आधिकारिक पार्टीको नेतृत्व आफूले गरिरहेको दाबी गरे । उनले आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचनले अहिले सडकमा विरोध गरिरहेकालाई ‘बरफ पग्लिएझैँ पखाल्ने’ जनाए ।

ओलीले ‘दसा’ लागेका केही पार्टी छाडेर गए पनि कम्युनिष्ट आन्दोलन, स्थिरता र समृद्धिको यात्रामा कुनै अत्यावरोध नहुने जिकिर गरे। उनले जनतालाई तर्साउने र अल्मलाउने तथा जातीय भड्काउको नारा उराल्ने जमाना गइसकेकाले त्यस्ता प्रवृत्तिलाई जनताले चिनिसकेको पनि बताए ।

अध्यक्ष ओलीको प्रश्न थियो, “हामी विसं २०४७ मा पार्टीको चुनाव चिह्न सूर्य चयन गरेका हौँ । त्यो चिह्न मैले नै छानेको हो । कहिल्यै सूर्य चिह्नबाट निर्वाचन नलडेकालाई कहिले किन त्यो चिह्न चाहियो ?”

प्रधानमन्त्री ओलीले आफूले भारतले मिचेको नेपाली भूभाग फिर्ता ल्याउँछुभन्दा नक्कली राष्ट्रवाद भन्नेले विगतमा आफू सरकारमा हुँदा किन नयाँ नक्सा जारी गर्न नसकेको र चीनसँग व्यापार तथा पारवाहन सन्धिसम्झौता गर्न नसकेको भनी प्रश्न पनि गरे ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले ताजा जनादेशका लागि निर्वाचन तोकिएकाले निर्वाचनबाट आफ्नो पार्टीले दुई तिहाइ बहुमत ल्याई स्थिरता दिने दाबी गरे । थापाले कम्युनिष्ट आन्दोलनमा देखा परेको अवसरवाद र प्रतिगामी प्रवृत्तिलाई निर्वाचनले किनारा लगाउने पनि बताए ।

कार्यक्रममा अध्यक्ष ओलीले पूर्व सांसद जितवीर लामा र राजनीतिकर्मी कमानसिंह लामालाई नेकपामा प्रवेश गराएका थिए । भेलाले सो महासङ्घलाई पुनर्गठन गर्ने जनाइएको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ६ : २२ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल