२३ माघ २०८२, शुक्रबार | February 6, 2026

एन आई सी एशिया लघुवित्तको स्वतन्त्र संचालकमा सन्जु अधिकारी नियुक्त



काठमाडौ । एन आई सी एशिया लघुवित्तले स्वतन्त्र संचालकमा सन्जु अधिकारीलाई नियुक्त गरेको छ । लघुवित्तको मिति २०७७/१०/१६ गते बसेको १०२औं संचालक समितिको बैठकले स्वतन्त्र संचालकको पदमा सन्जु अधिकारीलाई नियुक्त गरेको हो ।

सन्जु अधिकारी पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन । उनीसँग बैंक तथा वित्तीय संस्थाको कार्यअनुभव रहेको छ । साथै बैंकिङ क्षेत्र सँग सम्बन्धीत विभिन्न लेखहरु प्रकाशित तथा प्रशिक्षण प्रदान गर्ने कार्य समेत गर्दै आएकी छन् । संचालक समितिका अध्यक्ष कपिल ढकालले उच्चतम व्यवसायिक अभ्यास सहित योग्यतम व्यक्तिलाई संस्थाको स्वतन्त्र संचालकका रुपमा चयन गरिएको जानकारी दिए ।

यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ । आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्था प्रतिको भरोसा सहित हाल १२० शाखा कार्यालयहरुबाट करिव ४७ हजार सदस्यहरु सहित करीव ३६ हजार कर्जा सेवाग्राहीहरुको सहयात्रीको रुपमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । साथी संगै सवल बन्दै भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ६ : २४ बजे

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ८४ लाख ४० हजार मतपत्र छपाइ

काठमाडौं । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्ष

वीरगञ्जमा झगडा हुँदा एक जनाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगर-१३ राधेमाईस्थित कर्बोला अगाडि मोटरसाइकल पार्किङको विषयमा